महाकाली भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन

महाकाली भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन

बैतडी : महाकाली भन्सार कार्यालय झुलाघाटले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन्। भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा रहेको भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार गत आर्थिक वर्षमा पनि राजस्व संकलन गर्न सकेको थिएन। आर्थिक वर्षमा १ करोड ९ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले ८९ लाख ७७ हजार मात्रै राजस्व संकलन गरेको थियो। 

अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा १ करोड १९ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालय ७१ लाख ७७ हजार मात्रै राजस्व संकलन गर्न सफल भएको थियो। तर आर्थिक वर्ष २०७३-७४ मा १ करोड ४४ लाख र आर्थिक बर्ष २०७२/७३ मा १ करोड ४० लाख राजस्व संकलन भएको थियो। 

भारतमा वस्तु बिक्री कर (जीएसटी) लागु भएपछि भारतबाट आयत हुने सामग्रीमा कमी आएको र यसले राजस्व संकलनमा प्रभाव पारेको महाकाली भन्सार कार्यालयका निमित्त प्रमुख डिल्लीराम सुवेदीले बताए। उनले भने, 'भारतमा वस्तु बिक्री कर लागु भएपछि भन्सारबाट आयात हुने सामग्री घटेको छ। उतै बढी महंगो हुने भएपछि यता ल्याउँदैनन्। सामग्री कम आएपछि राजस्व पनि कम भयो।'

सिमेन्टबाट महाकाली भन्सारले बढी राजस्व संकलन गरिरहेको थियो। दुई वर्षयता भन्सारबाट सिमेन्ट आयात नहुँदा राजश्व बढ्न नसकेको हो। 'भारतमा कर लागु भएपछि सिमेन्ट आयात हुन सकेको छैन्। सिमेन्टबाट धेरै राजस्व संकलन हुन्थ्यो। सिमेन्ट आयात हुन छोडेपछि राजस्व घटेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.