'मोष्ट वान्टेड' सूचीमा रहेका कार्की पक्राउ

'मोष्ट वान्टेड' सूचीमा रहेका कार्की पक्राउ

उदयपुर : प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उदयपुरको त्रियुगा नगरपालिका ५ दमौतिका ३३ वर्षीय होमबहादुर कार्कीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। छिमेकी ३५ वर्षीय मोहनबहादुर बुढाथोकीलाई २०७३ मंसिर २४ गते बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका कार्कीलाई प्रहरीले लालपत्ताबाट पक्राउ गरेको हो। 

जिल्लाल प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरकाअनुसार घटनालगत्तै उनी मलेसिया गएका थिए। पछिल्लो समय मेलिसियाबाट काठमाडौं आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०७५ पुस २ गते रेडकर्नर नोटिस जारी गरी खोजी कार्यलाई तीव्रता दिँदै आएको थियो।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको न्युरो अस्पताल बिराटनगरमा उपचारकाक्रममा मंसिर ३० गते ज्यान गएको थियो।

  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.