झारफुक गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्ने झाँक्री पक्राउ

झारफुक गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्ने झाँक्री पक्राउ

ललितपुर :  झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाँक्री पक्राउ परेका छन्। ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट जबरजस्ती गर्न खोजेको आरोपमा झाँकीलाई प्रहरीले पक्राउ गरेको हो।महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार ४० वर्षीय झाँक्री सर्बु राई पक्राउ परेका हुन्।

टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँक्रीकहाँ पुगेकी थिइन्। 'उपचार गर्दा कसैले देख्न नहुने झाक्रीले बताएका रहेछन्,' बालिकालाई उदृत गर्दै मिश्रले भने, 'उनले झारफुट गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनी भागिछन्।'

किशोरीका अनुसार -' झाँकीले कोठाभित्र लगेर पर्दा लगाएपछि आँखा बन्द गर्न लगाए। त्यसपछि रोग निको हुनका लागि लगाएको कपडा फुकाल्नुपर्ने दबाब दिए।उनी आफैले किशोरीले लगाएको टिसर्ट माथि सारेर जबरजस्ती गर्न खोजेपछि त्यहाँबाट भागे।'

घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो। झाँक्री राइले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री राइविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ। बुधबारदेखि लागु हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ललितपुरमै साउन ४ गते बलात्कारको घटना घटेको छ। रौतहट स्थायी घर भई हरिसिद्धि बस्दै आएका २८ वर्षीय राजु वाइवाले १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएको छ।वाइवाले आफैले संचालन गरेको गलैंचा कारखानामा काम गर्ने बालिकालाई जबरजस्ती करणी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.