अवरुद्ध कोशी राजमार्ग अझै खुलेन
धनकुटा : कोशी राजमार्गको धरान-धनकुटा सडकखण्डको सुघुरीगढी गाउँपालिका १ लावरबोटेमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान ११ बजेतिर गएको पहिरोले सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बीच बाटोमा अलपत्र परेका छन्।
सडक डिभिजन कार्यालयको स्काभेटरले पहिरो पन्छाउन काम भइरहेको छ। सोही राजमार्गको लेउती खोलामा बाढी आउँदा यात्रुहरु जोखिम मोलेर वारपार गरिरहेका छन्।












प्रतिक्रिया दिनुहोस !