बैतडीमा 'एक घर, एक धारा' !

बैतडीमा 'एक घर, एक धारा' !

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका ६ कोखेतकी केशवी अवस्थी हिजोआज निकै खुसी देखिन्छिन्। खोलाको धमिलो पानी प्रयोग गर्दै आएकी उनी यो वर्षदेखि उक्त समस्याबाट मुक्त भएपछि खुसी देखिएकी हुन्।घरघरमा खानेपानीका धारा निर्माण भएपछि आफू निकै खुसी भएको उनले बताइन्।

कोखेतकै पार्वती अवस्थीलाई उज्यालो हुने बित्तिकै खानेपानीको चिन्ता हुने गर्दथ्यो। छोराछोरीलाई पढ्न छोडेर पानी बोक्न जानुपर्ने बाध्यता थियो।'अहिले मेरो घरमै धारा बनेको छ। यो वर्ष गाउँका सबैका घरमा धारा बनेका छन्, 'पार्वतीले भनिन् 'घरघरमा पानी पुगेको छ। अब हामीलाई तरकारी खेती गर्नपनि सजिलो हुन्छ।'

सुर्नया गाउँपालिका ६ थालाका लक्ष्मीदत्त अवस्थी डोकोमा भाँडाकुँडा राखेर खानेपानी बोक्ने गर्दथे। अहिले घरमै पानीको धारा आएपछि उनको त्यो समस्याको समाधान भएको छ।बाजेबराजुको पालादेखि भोग्दै आएको समस्याको समाधान भएपछि सुखका दिन आएजस्तो लागेको उनले बताए।

जिल्लाको सुर्नया गाउँपालिका-६ को कोखेत, कुनेटा र थाला टोलका ४३ घरघुरीमा एकघर एक धारा निर्माण गरिएको छ । सुदूपश्चिम प्रदेश सरकारको सहयोगमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर १ मार्फत कुलापातल लोकेश स्मृति खानेपानी योजना निर्माण समितिले घरघरमा धारा पुर्‍याएको हो।

'हामीले सबैको घरमा एक एक धारा निर्माण गरेका छौं। तीनवटा ठूला ट्यांकी र दुई मुहानबाट गाउँमा खानेपानी पुर्‍याएका  छौं, 'खानेपानी निर्माण समितिका अध्यक्ष नवराज अवस्थीले भने, 'स्थानीयलाई सबैभन्दा बढी दुःख पानीकै थियो। गाउँमा पानी पुगेपछि सबै खुसी भएका छन्।'

कुलापाताल लोकेश स्मृति खानेपानी योजनाले शंकरपुर स्वास्थ्यचौकीमा पनि खाने पानी पुर्‍याएको छ।

करीब २० लाखको लागतमा गाउँमा खानेपानीको व्यवस्था गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर १ बैतडीले जनाएको छ।गाउँमा पानी पुगेपछि सरकार आएको अनूभुती भएको गाउँलेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.