‘भानुभक्तले नेपाली मनलाई जोडे’

‘भानुभक्तले नेपाली मनलाई जोडे’

कलकत्ता : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषासाहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताएका छन् । भारतको कलकत्तामा रहेका नेपाली भाषीसामु यस्तो धारण राखेका हुन्।

नेपाली जनकल्याण समिति कलकत्ताले २०६औं भानु जयन्ती समारोहमा आइतबार आयोजना गरेको २०औं साहित्यिक पत्रिका बिहानीको विमोचनपछि साहित्यकारसमेत रहेका पूर्वप्रधानमन्त्री चन्दले भानुभक्तको साहित्यिक योगदानको चर्चा गरे । उनले भने, ‘भानुका कारण नेपालीबिचको सद्भावना र भातृत्व बढेको छ भने कलकत्तावासीले नेपालीपन बचाएर राखेका छन् । उनकै कारण सांस्कृतिक र भाषिक एकता पनि कायम छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले भानुको लेखनमा दार्शनिक चेतना र भक्ति धारा पर्याप्त रहेको बताए । ‘आदिकवि भानुभक्त आचार्य र उनको कवित्व’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै उनले भने, ‘भानुको सिर्जनात्मक लोकप्रियताले विश्वभर छरिएर रहेका नेपालीलाई एकताको सूूत्रमा बाँध्ने काम पनि भएको छ ।’

समारोहमा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख डा. देवी नेपालले कलकत्तामा बस्ने नेपाली साहित्यकारलाई सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए । बिहानीका सल्लाहकार धर्मराज बरालले आदिकवि भानुभक्तको रामायण अनुवादित नभई मौलिक कृति भएको दाबी गरे।  

प्रवासी संघ भारतका प्रमुख सल्लाहकार नारायणप्रसाद होमागाईले भारतमा संविधानले मान्यता दिएर नेपाली भाषामा पाठ्यक्रम बनाए पनि नेपालीभाषी विद्यार्थीले नेपाली विषय पढ्न नपाएको गुनासो गरे । बिहानी पत्रिकाका सम्पादक नरविक्रम थापाले कलकत्तामा भानु जयन्ती मनाउन थालेको २० वर्ष र बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गर्दै आएको जानकारी दिए ।
समारोहमा पूर्वप्रधानमन्त्री चन्द, प्राज्ञद्धय पौडेल र नेपाल, साहित्यकारहरु धर्मराज बराल र डीपी अर्यालका साथै सञ्चार एवं साहित्यकर्मी श्याम रिमाल र गोपीकृष्ण ढुंगानालाई सम्मान गरिएको थियो । उस्थित स्रष्टाहरुले कविता वाचन गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.