गाडी किन्‍ने पैसाले डिप बोरिङ

गाडी किन्‍ने पैसाले डिप बोरिङ

भोजपुर : स्थानीय सरकार गाडी मोहमा लागे भन्ने अरोप लागिरहँदा भोजपुरको एक गाउँपालिकाले भने गाडी किन्ने पैसाले गाउँमा खानेपानीका लागि डिप बोरिङमा लगानी गरेको छ। भोजपुरको अरुण गाउँपालिकाले गाडी खरिद गर्ने रकमले गाउँको खानेपानी अभाव टार्न डिप बोरिङमा लगानी गरेको हो। गाउँपालिकाले डिप बोरिङ प्रविधिबाट गाउँमै खानेपानी निकाल्न सुरु गरेपछि स्थानीय पनि दंग छन्।

अब गाउँमै डिप बोरिङ निर्माण भएपछि धेरै राहत मिल्ने आशा भएको अरुण गाउँपालिका–५, याकुकी ६० वर्षीया कृष्णा धिमालले बताइन्। ‘वर्षौंदेखि एक गाग्री खानेपानी लिन डेढ घण्टा छिमेकी गाउँमा धाउनुपथ्र्यो, गाउँमा खानेपानीका मुहान सुकेपछि पानीको जोहो गर्दै दिन बित्थ्यो, अब त्यो समस्या टर्ने भयो,’ धिमालले भनिन्।

‘पहिले बिहान–बेलुकी खाना पकाउने पानी जोहो गर्न घरको एक जना दिनभर खटिनुपथ्र्यो, नत्र चुलोमा भात, तरकारी पाक्थेन’, उनले थपिन्, ‘गाउँमै पानी निस्किनेरहेछ। खुसी लागेको छ। अब पानी लिन वल्लो गाउँ, पल्लो गाउँ जानुपर्ने दिन गए।’ खानेपानी संकटले गाउँबाटै बसाइँ सर्ने सम्भावना न्यूनीकरण गर्न गाउँपालिकाले गाडी किन्ने पैसाले खानेपानी आपूर्तिमा लगानी गरेको हो। बर्सेनि खानेपानीको चरम संकट हुने गरेको वडा नम्बर ५, याकुका स्थानीयको समस्या निराकरण गर्न गाउँपालिकाले डिप बोरिङ प्रविधिको खानेपानी निकाल्न सुरु गरेको जनाएको छ।

सरकारी सेवा–सुविधाभन्दा जनताको समस्या पहिलो प्राथमिकतामा रहेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए। ‘गाडी किनौँला भनेर पैसा छुट्ट्यायौँ। तर, जनताको खानेपानी समस्या निदान गर्ने हाम्रो पहिलो कर्तव्य ठानेर त्यो पैसा यता लगानी गर्‍यौँ’, अध्यक्ष कार्कीले भने, ‘खानेपानीकै कारण गाउँबाट विस्थापित हुने अवस्था रोक्न हामीले ध्यान दियौँ। बरु गाडी पछि किन्दा पनि हुन्छ तर जनतालाई खानेपानीकै कारण गाउँबाट उठिबास हुन दिनु त भएन नि !’

खानेपानीले काकाकुल बनेका स्थानीय याकुबासी उक्त प्रविधिबाट पानी निकालिएपछि हर्षित भएका छन्। डिप बोरिङबाट खानेपानी निस्किएपछि स्थानीय सुवास दाहालले भने, ‘खाना पकाउने खानेपानी लिन पनि घण्टौं धाउनुपथ्र्यो। कपडा धुन, गाईवस्तुलाई खुवाउन त झन् समस्या हुन्थ्यो। बल्ल यो नयाँ प्रविधिबाट गाउँमा नयाँ आशा जागेको छ।’ गाउँपालिकाले खानेपानी समस्या समाधान गर्न लिफ्टिङ, बोरिङ प्रविधिका अन्य दुई वटा योजना पनि सञ्चालनमा ल्याएको छ।

डिप बोरिङ प्रविधिबाट पानी निकाल्न २० लाख र ट्यांकी बनाई स्थानीयको घरघरमा वितरण गर्न २० लाख गरी कुल ४० लाख रुपैयाँ लागतमा खानेपानी आयोजनाको काम सक्ने गाउँपालिकाले लक्ष्य छ। प्रतिदिन ५० हजारदेखि एक लाख २० लिटरसम्म खानेपानी निकाल्न सकिने गाउँपालिकाले जनाएको छ। खानेपानीबाट गाउँका करिब अढाई सय घरधुरी लाभान्वित हुने बताइएको छ। बस्ती आसपासका खानेपानीको मुहान सुक्दै जान थालेपछि पानीको समस्या टार्न नयाँ प्रविधिबाट पानी निकालिएको प्रशासकीय अधिकृत प्रदीप गौतमले बताए। पौवादुङ्मा गाउँपालिकाले पनि स्थानीय च्यांग्य्र्रेको चाम्ताङस्थित ३९ लाख बराबरको डिप बोरिङबाट खानेपानी निकालेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.