सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा

सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा

बैतडी : समयमा सम्पत्ति विवरण नबुझाउने बैतडीका २८६ जना शिक्षक कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७४-७५ को सम्पत्ति विवरण नबुझाउने २८६ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ। 

विद्यालय किताबखानाको परिपत्रअनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई ५ हजार जरीवाना तिरेको रसिद शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउन आग्रह गरिएको इकाइका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। उनले भने, ‘आर्थिक वर्ष २०७४-७५ को सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुको सूची हामी कहाँ आइपुगेको छ। उनीहरुले ५ हजार जरिवाना तिर्नुपर्ने हुन्छ।’

जिल्लामा रहेका प्रावि तहका ५१८ स्थायी शिक्षकमध्ये २१८ जनाले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन्। यस्तै निमाविका १८६ जनामध्ये ३७ जनाले र माविका १६५ जनामध्ये ३१ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। 

आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने प्रावधान रही आएको भए पनि समयमा सम्पत्ति विवरण नबुझाएका शिक्षकहरुलाई जरीवाना गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। 

गत आर्थिक वर्षको सम्पत्ति विवरण भदौ २६ गतेसम्म बुझाउन इकाइले आग्रह गरेको छ। स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा र अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.