जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासूको उपचार हुँदै

जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासूको उपचार हुँदै

विराटनगर : जंगली च्याउ खाएर बिरामी परेकी पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ की ४८ वर्षीय सुनिता चेम्जोङको उपचारका क्रममा मंगलबार बिहान विराटनगरमा मृत्यु भएको छ। 

विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालले बताए। उनका अनुसार गत साउन ७ गते सासू सन्तमायाले जंगलबाट च्याउ ल्याएकी थिइन्। सोही च्याउ खाँदा सासू बुहारी दुवैजना बिरामी परेका थिए। 

सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको जानकारी दाहालले दिए। सुनितालाई त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि विराटनगर ल्याइएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.