तातोपानी नाका खुल्यो तर चलेन

तातोपानी नाका खुल्यो तर चलेन

काठमाडौं : लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ ।

मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि चीनले नाका खुलाएको थियो । नेपाल–चीन जोड्ने प्रमुख नाका प्रभावकारी रूपमा सञ्चालन हुन मानिस पनि सहज रूपमा आउजाउ हुनुपर्ने माग स्थानीयको छ । आफ्नो तर्फको तयारी पूरा नभएको भन्दै चिनियाँ पक्षले मानिस आउजाउ नदिएको अधिकारीहरूले बताएका छन् ।

सरकारी पक्षले भने चिनियाँ पक्षले थप व्यवस्थित गर्न लागेका कारण मानिस आवतजावतमा केही समय लाग्ने जनाएको छ । तिब्बतका लागि महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चीनले नाका थप व्यवस्थित गरिरहेकाले मानिस आवातजावत गर्न नदिएको बताए । ‘पुल निर्माण भइसकेको छ । गाडीमात्रै चलाउने भन्ने विषयमा पहिल्यै सहमति भएको हो । त्यही मोडलमा नाका खुलेको छ,’ उनले भने, ‘अब मानिस आउजाउ गर्न पहल गरिरहेका छौं ।’

भूकम्पले मितेरी पुलसमेत तहसनहस भएपछि नाका बन्द भएको थियो । २०७३ साउनमा भोटेकोसीले सडकलगायत संरचनामा थप क्षति पु¥याएको थियो । सबै दलका स्थानीय नेता, व्यवसायी, सरकारी निकायको लामो प्रयत्नपछि चिनियाँ पक्षले नाका पुनः सञ्चालनमा ल्याएको हो ।

चीनले अझै उक्त नाकालाई पूर्ण रूपमा खोल्न नमिल्ने बताउँदै आएको छ । व्यक्ति आउजाउ गर्न नपाउँदा २५ किलोमिटरसम्म आउजाउ गर्न पाउने सहमति उल्लंघन भएको गुनासो स्थानीय बासिन्दाको छ ।

राजस्व संकलन बढ्यो

‘जेठ १५ देखि असार मसान्तसम्म अर्थात् ४५ दिनमा ५३ लाख मात्र राजस्व उठेकोमा साउनयता १३ दिनमा एक करोड ३८ लाख राजस्व उठिसकेको छ,’ तातोपानी सुख्खा भन्सार कार्यालय प्रमुख कृष्णबहादुर बस्नेतले अन्नपूर्णसँग भने, ‘यो तथ्यले पनि नाका बिस्तारै पुरानै अवस्थामा फर्कन सक्नेछ ।’

नाकामा भन्सार व्यवस्थित गर्ने काम भइरहेका छन् । बैंकका काउन्टर राख्ने देखि अन्य सानातिना काम जारी छ । सबै पूर्ण भएपछि नाका पहिलेकै अवस्थामा फर्कन सक्छ । दसैंतिहारका लागि सामान आउन थालेपछि चहलपहल बढ्ने विश्वास भन्सार अधिकारीहरूको छ ।

नेपालका मालबाहक गाडी तिब्बतको न्यालोम पुग्छन् । त्यहाँ सामान लोड गरेर तातोपानी सुख्खा बन्दरगाहसम्म ल्याउँछन् । त्यहाँ जाने चालक र सहयोगीको प्रक्रिया पु¥याउन समय लाग्ने भएकाले चीनले नाकामा मानिस आउजाउ गर्न नदिएको अधिकारीहरू बताउँछन् ।

चीन सरकारको सहयोगमा २० करोड रुपैयाँ (८.६२ करोड युआन) लागतमा सुविधासम्पन्न सुख्खा बन्दरगाह निर्माण सकिएको छ । चीनले बन्दरगाहसँगै ६ किलोमिटर सडक र मितेरी पुल पुनर्निर्माणमा सहयोग गरेको थियो । १२ मिटर चौंडाइको मितेरी पुल अत्याधुनिक रूपमा निर्माण गरिएकाले सहज हुने धारणा उनीहरूको छ । काठमाडौंका ठूला व्यापारीले आगामी दसैंलाई लक्षित गरी चीनबाट सामान ल्याउने तयारी गरिरहेकाले पनि यो नाका पूर्ण सञ्चालनमा आउन सक्ने अधिकारीहरूको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.