गाउँमा बाँदर आतंक

गाउँमा बाँदर आतंक

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका ४, ५, र ८ का विभिन्न स्थानमा बाँदरले मकैबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्। पछिल्लो एक दशकयता बाँदरले बारीमा लगाएको सबै अन्नबाली नष्ट गर्ने गरेको स्थानीय पुष्पा चन्दले जानकारी दिइन्। उनले भनिन्, ‘हामीले खेतमा लगाएको मकैबाली घोगा नलाग्दै बाँदरले सखाप पारेको छ। ज्यालामा मान्छे लगाएर गरेको खेती बाँदरले नष्ट गरेपछि निकै चिन्ता लागेको छ।’

खेतबारीमा लगाएको मकैबाली घोगा लाग्न नपाउँदै बाँदरले सखाप पारेको दशरथचन्द नगरपालिका ५ का डम्मर टमाटाले बताए। उनले भने, ‘बीउ समेत नरहने गरी बाँदरले मकै सखाप पारेको छ। हामीले प्रत्येक वर्ष खेती लगाउँछौं तर भित्र्याउन पाउँदैनौं। यस्तो हाम्रो बाध्यता छ। हाम्रो समस्या कसले बुझिदिने ? ’

बाँदरले खेतमा लगाएको मकैबाली, दालबाली सबै नष्ट गरेको दशरथचन्द नगरपालिका ५ की बिस्ना चन्दले सुनाइन्। उनले भनिन्, ‘खेतमा भएको मात्रै होइन् घरमा कोही नभएको बेला बाँदरले घरभित्रको खाद्यान्न समेत खाने गरेका छन्। बाँदरका कारण हामीलाई धेरै समस्या छ।’

जिल्लाको दशरथचन्द नगरपालिकाका ४, ५ र ८ का स्थानीयले फलफूलसमेत खान पाएका छैनन्। फलफूलको पकेट क्षेत्रमै बाँदरले सखाप पारेपछि स्थानीयले फलफूल चाख्न समेत नपाउने गरेको स्थानीय भुवन जोशीले बताए। उनले भने, ‘हाम्रोमा प्रशस्त सुन्तला फल्थे। तर, सुन्तलाको फूल लाग्नेबित्तिकै बाँदरले चुँडीहाल्छन्। अनि कहाँबाट फल खान पाउनु ? ’

जिल्लाका धेरै स्थानमा हावाहुरी, केही स्थानमा बाँदर र केही स्थानमा जंगली बँदेलले मकै नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। मुख्य खाद्यबालीको रूपमा रहेको मकै भिœयाउन नपाउँदा किसान भोकमरी हुने चिन्तामा छन्।

यस्तै जिल्लाका विभिन्न स्थानमा जंगली बँदेलले मकैबाली नष्ट गरेको किसानले बताएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका १ मा फलफूल नर्सरीमा समेत जंगली बँदेलले क्षति पुœयाएको स्थानीय किसान वीरबहादुर टेरले बताए। उनले भने, ‘मेरो नर्सरीमा जंगली बँदेलले ५ हजार बोट ओखर नष्ट गरिदियो। करिब २ लाखका बोटविरुवा बँदेलले नष्ट गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.