चार दिनदेखि बेपत्ता किशोरको शव भेटियो
बैतडी : यही साउन १४ गतेबाट हराएका बैैतडीका एक किशोरकाे शव फेला परेकाे छ ।
दशरथचन्द नगरपालिका–६ नगतडी घर भएका १८ वर्षीय दीपक महरको शव भेटिएको हो । सोही ठाउँको कन्सनीगाड खोलामा शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
साउन १४ गते साँझ सदरमुकाम गोठलापानीबाट घर फर्केका किशोर बेपत्ता भएका थिए । महरको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक पातलीले बताए । महरको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
४