घरबाट भागेर भारत जाँदै गरेका दुई बालकको उद्धार
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट दुई बालकको उद्धार गरिएको छ।भारततर्फ जाँदै गरेका बझांगको बुंगल नगरपालिका ११ का १६ वर्षीय कृष्ण बोहरा र १३ वर्षीय धिरज बोहरालाई शनिबार साँझ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
उद्धार गरिएका दुवैजनालाई आइतबार आफन्तको जिम्मा लगाइएको उनले बताए। गत आर्थिक वर्षमा प्रहरीले सीमा नाका झुलाघाटबाट २४ बालबालिकाको उद्धार गरेको थियो। झुलाघाट नाका हुँदै सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाका स्थानीय रोजगारीका लागि भारत जाने गर्दछन्।
प्रतिक्रिया दिनुहोस !
४