करोडौंको शिलाजित खेर जाँदै

करोडौंको शिलाजित खेर जाँदै

बैतडी : बैतडीका विभिन्न स्थानमा पाइने बहुमूल्य शिलाजित खेर गइरहेको छ। उत्खनन र प्रशोधन हुन नसक्दा करोडौंको शिलाजित खेर गइरहेको हो। ठूलाठूला भीरमा गर्मीको महिना चुहिने शिलाजितको उचित संकलन र प्रशोधन हुन सकेको छैन।

जिल्लाका धेरैजसो ठाउँमा पाइने भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्य नरेन्द्र कलौनी बताउँछन्। ‘गाउँघरमा परम्परागत रूपमा भीरबाट स्थानीयले निकालेर शिलाजित बनाउने गरेका छन्। तर, यसको व्यावसायिक उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन सकेको छैन’, उनले भने।

शिलाजित हरेक बिरामीका लागि उपयोगी हुने वरिष्ठ वैद्य कलौनीले जानकारी दिए। बजारमा शिलाजित क्याप्सुलका रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ। भीर, चट्टान तथा ढुंगा पग्लेर शिलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरमा कार्यरत रामदत्त भट्टले बताए। उनले भने, ‘ शिलाजित बहुउपयोगी औषधि हो। तर यसको उपयोग गर्न सकिएको छैन।’

बैतडीका मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सूर्नयाको रौलेश्वर भीरलगायतमा शिलाजित पाइन्छ।

बैतडीको दशरथचन्द नगरपालिका १० झुलाघाट नजिकैको मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सूर्नयाको रौलेश्वर भीरलगायत भीरमा शिलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले बताए।

शिलाजित दुई किसिमको हुने कलौनीले बताए। उनले भने, ‘भीरबाट संकलन गरेर ल्याएका ढुंगाबाट दुई किसिमको शिलाजित निकाल्न सकिन्छ। सूर्यको कीरणमा शिलाजितयुक्त ढुंगा राखेर त्यसबाट शिलाजित संकलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ।

भीरबाटै संकलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ। बैतडीमा शिलाजितसँगै ६२ भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्यांक छ। शिलाजितलाई वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताए। उनले भने, ‘शिलाजित संकलनका लागि वैज्ञानिक प्रणाली अपनाइएको छैन। तर, जिल्लामा कति संकलन गर्न सकिन्छ र यसलाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाइएको हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.