अटो र बोलेरो ठोक्‍किँदा सातजना घाइते, दुई गम्भीर

अटो र बोलेरो ठोक्‍किँदा सातजना घाइते, दुई गम्भीर

धनगढी : धनगढी अत्तरिया सडकखण्डको गेटामा अटो रिक्सा र ग्यास सिलेन्डर बोकेको बोलेरो जीप ठोक्‍किँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। सोमबार बिहान ११ बजेतिर धनगढी उपमहानगरपालिका-१७ डमौलियाबाट बजारतिर आइरहेको ना ३ स ५५६६ नम्बरको अटो र धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ च ८२३ नम्बरको बोलेरो गोदावरी नगरपालिका-१३ मा पर्ने गेटा नजिकै आपसमा ठोक्‍किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी अटो चालक दिपक धामीसहित ७ जना घाइते भएका छन्। अटोमा सवार डमौलियाका ५५ वर्षका चनकलाल डँगौरा र सोही ठाउँकी रुपनी देबी डँगौरा गम्भीर घाइते भएका छन्। 

अटोमै सवार सोही ठाउँका ५२ वर्षीया उर्मीला डाँगौरा, २८ वर्षीया बेपनी देबी चौधरी, २३ वर्षीया राजकुमारी चौधरी र उनका ५ वर्षीय छोरा योजन चौधरी पनि घाइते भएका छन्। चालक सहित पाँचजनाको अवस्था सामान्य रहेको सेतीअञ्चल अस्पतालले जनाएको छ।

गम्भीर चनकलालको दाँया खुट्टामा गम्भीर चोट लागेको छ। रुपनी देबीको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीले अटो चालक दिपक धामी र बोलेरो चालक तारासिंह साउँदलाई पक्राउ गरेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.