भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

काठमाडौं :  भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्।

उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ। 

उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्। 

अहिले अस्पतालमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित वरिष्ठ मन्त्रीहरू र भाजपासहित अन्य दलका नेताहरू पुगेका छन्। 

२६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्। 

१९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा मन्त्री भएकी थिइन्। उनी दिल्लीको मुख्यमन्त्री समेत भइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.