काबेली करिडोर सञ्चालन

काबेली करिडोर सञ्चालन

काठमाडौं : काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ। १३२ केभीको उक्त प्रसारण लाइन सञ्चालनमा आएपछि पाँचथर र ताप्लेजुङका काबेली, हेवा र माईलगायत खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा यो प्रसारण लाइन प्रयोग हुने भएको छ।

आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि सकिएको छ। तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट सञ्चालन (चार्ज)मा आएको हो।

आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो। लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा थिए।

ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारणलाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध हुँदा निर्माणमा ढिलाइ भएको थियो। रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘रुग्ण आयोजनामध्ये एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यौं, राइट अफ वेको समस्या सुल्झाउन व्यक्तिगत रूपमा प्रभावितको घरघरमासमेत गयौं’, घिसिङले भने।

‘स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायत निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.