आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने
![आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने](https://annapurnapost.prixacdn.net/media/albums/nepal-mausam_20190807025525_8J6wdOByzp.jpg)
काठमाडौं : पूर्वी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहितको वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा बुधबार बिहान
'मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर नेपालतर्फ सरेको छ।' बुलेटिनमा उल्लेख गरिएको छ, 'पूर्वी र मध्य नेपालमा एउटा न्यून चापिय क्षेत्रको असर पनि देखिएको छ।' मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीसम्म जनाउँछ।
बुधबार दिउँसो देशका पूर्वी र मध्य भू-भाग, पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली हुने विभागले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मध्य र पूर्वी नेपालका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राति पनि देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भू-भागहरूका केही स्थानहरुमा र पश्चिमी भू-भागको एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)