सुश्मा स्वराजको बिदाई ट्वीट ‘मोदीलाई हार्दिक अभिनन्दन’
![सुश्मा स्वराजको बिदाई ट्वीट ‘मोदीलाई हार्दिक अभिनन्दन’](https://annapurnapost.prixacdn.net/media/albums/Sushma-swaraj-visit-nepal_20190807030840_CLcraI151L.jpg)
काठमाडौं : भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। मंगलबार राति सवा दश बजे उनको मृत्यु भएको हो । स्वराजले निधनअघि गरेको अन्तिम ट्वीटमा उनले आफ्नो जीवनको ठूलो सपना पूरा भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीप्रति आभार प्रकट गरेकी छिन् ।
उनले मृत्युभन्दा ३ घण्टाअघि ट्वीटरमा जम्बु–कश्मीरको निर्णयका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएकी थिइन् । उनले हिन्दी र अंग्रेजी दुवै भाषामा पोस्ट गरेको ट्वीटमा लेखिएको छ–‘प्रधानमन्त्री जी तपाईलाई हार्दिक अभिनन्दन म आफ्नो जीवनमा यही दिन देख्नका लागि प्रतिक्षारत थिए ।’
अन्ततः ६७ वर्षीया स्वराजले आफूले जीवनमा चाहेको दिन देख्न पाएको भनी प्रतिकृया दिएकै दिन यस धर्तीबाट बिदा भइन् । २६ मे, २०१४ देखि पाँच वर्ष भारतको विदेश मन्त्री रहेकी स्वराजको मृत्यु हृदयाघातका कारण भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)