८ लाख ४० हजार नगदसहित १२ जुवाडे पक्राउ
![८ लाख ४० हजार नगदसहित १२ जुवाडे पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/JUWADE-RAKAM_20190808050247_bcu68rZMGr.jpg)
ललितपुर : ललितपुर महानगरपालिकाको वडा नम्बर २३ मा रहेको डाउनटाउन अपार्टमेन्टबाट एक महिलासहित १२ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त सातदोबाटोले बुधबार राति साढे आठ बजे उनीहरुलाइ पक्राउ गरेको हो ।
बृत्तका प्रमुख गौतम मिश्रकाअनुसार कौडा खेल्दै गरेको अवस्थामा उनीहरुको साथमा ८ लाख ४० हजार रुपैयाँ पनि भेटिएको छ। पछिल्लो समय ललितपुरका विभिन्न ठाउँबाट जुवाडेहरु पक्राउ पर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)