चिनियाँ विदेशी व्यापार वृद्धि

चिनियाँ विदेशी व्यापार वृद्धि

पइचिङ : चिनियाँ सामानको विदेशी व्यापार सन् २०१८ को पहिलो सात महिनाको तुलनामा सन् २०१९ को सोही समयमा ४.२ प्रतिशतले वृद्धि भएको छ। चीनको भन्सार कार्यालयको बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्ष वैदेशिक व्यापारबाट १ नील ७४ खर्ब १० अर्ब चिनियाँ युआन (२० खर्ब ४९ करोड अमेरिकी डलर) थप नाफा भएको छ।

चीन–अमेरिका व्यापार विवादका कारण चिनियाँ अर्थतन्त्रमा व्यापक प्रभाव पर्नसक्ने कतिपय अनुमानलाई यो तथ्यांकले गलत सावित गरिदिएको छ। चिनियाँ भन्सारअन्तर्गत तथ्यांक विश्लेषण विभागका प्रमुख ली ख्वै वनले भने, ‘चीनको निर्यातमा गत वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि हुँदा ९४ खर्ब ८० अर्ब युआनको कारोबार भएको छ भने आयात १.३ प्रतिशतले बढेको छ।’ बढेको आयात प्रतिशतअनुसार आयाततर्फ चीनको ७९ खर्ब ३० अर्ब युआनको कारोबार भएको छ।

विभाग प्रमुख लीले भने, ‘यो अवधिमा चीनको अतिरिक्त व्यापारको मात्रा गत वर्षको सोही समयको तुलनामा ४७.४ प्रतिशतले बढेको देखिएको छ। यसबाट चीनले १५ खर्ब ५० करोड युआन बढी आम्दानी गरेको छ।’

चालू वर्षका अघिल्ला ७ महिनामा चीनको सामान्य व्यापारिक आयात–निर्यातको कुल मात्रा १ नील ४ खर्ब पुगेकाले गत वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ। त्यो संख्याले कुल वैदेशिक व्यापारिक मात्राको ५९.८ प्रतिशत स्थान ओगटेको छ। यो अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशत अंकले बढी हो।’

यो समयमा चीनको सबैभन्दा ठूलो व्यापार साझेदार यूरोपेली संघ (ईयू) बनेको छ। ईयूसँग द्विपक्षीय व्यापारको आयतनमा १०.८ प्रतिशत पुगेको छ। एक वर्षअघि ईयूसँगको द्विपक्षीय व्यापारको आयतनमा कुल २७ खर्ब २० अर्ब युआन पुगेको छ।

ईयूलाई पछ्याउँदै चीनसँगको दोस्रो ठूलो साझेदार दक्षिणपूर्वी एशियाली मुलुकको संगठन (आशियान) बनेको छ। चीनले आशियान मुलुकसँगको कारोबारलाई ११.३ प्रतिशतले बढाएर दुईपक्षीय कारोबार रकमलाई २३ खर्ब ५० अर्ब युआन पुर्‍याएको छ भने अमेरिका तेस्रो स्थानमा रहेको छ।

यो वर्ष अमेरिकासँगको विवादका कारण चीन–अमेरिकाबीचको व्यापार आयतनमा भने ८.१ प्रतिशतले कमी आएको राजस्व कार्यालयले जनाएको छ। यसबाट चीनले अमेरिकासँगको व्यापार कारोबारमा २१ खर्बले कमी देखिएको छ।

चीनको व्यापार राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी रेशम मार्ग परियोजना (ओबीओआर) अन्तर्गतका मुलुकसँगको कारोबार रकम ५० खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ। यो गत वर्षको पहिलो सात महिनाको तुलनामा १०.२ प्रतिशत बढी हो। यो रकम कुल व्यापार रकमको २८.९ प्रतिशत हो।

यसैगरी यो अवधिमा चीनको निजी क्षेत्रको कारोबार रकम ११.८ प्रतिशतले बढेको र यसअन्तर्गत ७३ खर्ब १० अर्ब युआन कारोबार भएको छ भने यो रकम चीनको सम्पूर्ण व्यापार कारोबार रकमको ४२ प्रतिशत हो। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.