राखीले गरिन् बिहेको खुलासा

राखीले गरिन् बिहेको खुलासा

मुम्बई : अन्ततः बलिउडकी ड्रामा क्विन भनेर चिनिने राखी सावन्तले आफ्नो वैवाहिक बन्धनको खबर सत्य भएको खुलासा गरेकी छिन् । राखी बेलायत बस्दै आएका एनआरआई व्यापारी रितेशसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । केही साता पहिले उनको दुलहीको पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । यसले उनले विवाह गरेको अनुमान गर्न गाह्रो थिएन । तर, राखीले कुरा लुकाउँदै भनेकी थिइन् कि मैले बिहे गरेकी छैन । यी तस्बिर त फोटोसुट मात्रै गरिएको हो ।

अन्ततः आफ्नो पुरानो भनाइ सच्याउँदै राखीले बिहे गरेको खुलासा गरेपछि उनका शुभेच्छुकहरूले बधाईको ओइरो लगाएका छन् । आफ्नो पतिबारे उनले भनेकी छिन्, ‘मेरो पहिलो अन्तर्वार्ता हेरेर उहाँ मेरो फ्यान बनिसक्नु भएको रहेछ । बिहेले मेरा परिवारका सबै सदस्य अत्यन्त खुसी छन् ।’ उनले बिहे कोर्टमा भएको बताएकी छिन् ।

अभिनेत्री राखी सावन्त विभिन्न टेलिभिजनमा पनि सो चलाउनुका साथै मोडलिङ पनि गर्छिन् । उनको रियलिटी सो ‘गजब देशकी अजब कहानी’ निकै चर्चित रह्यो । यही सिलसिलमा उनले भनेकी थिइन्, ‘बाबा रामदेव मेरा आफ्ना हुन्, राहुल गान्धी मेरा सपना हुन् ।’ उनले फिल्मी करियरको सुरुआत ‘अग्निचक्र’ बाट गरेकी थिइन् । सन् २००३ को फिल्म ‘चुरा लिया है तुमने’ को आइटम गीत ‘मोहब्बत है मिर्ची’ बाट उनले ब्रेक पाएकी थिइन् ।

यसपछि खुर्सानी शब्दबाट निकै प्रभावित भएकी उनले सन् २००१४ मा एक पार्टी पनि दर्ता गरेकी थिइन्, जसको चुनाव चिह्न हरियो खुर्सानी थियो । टीभीमा राखीको रियलिटी सो ‘राखी का स्वयंवर’ पनि निकै चर्चित थियो । उक्त सोमा उनले बारम्बार चर्चा गर्ने गरेकी थिइन् कि न उनलाई बिहेमा रुचि छ, न त बच्चा जन्माउनुमा । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.