बैतडीमा जताततै पहिरो : पानीको अभाव, परिवार विस्थापित, बस्ती जोखिममा

बैतडीमा जताततै पहिरो : पानीको अभाव, परिवार विस्थापित, बस्ती जोखिममा

बैतडी : सुर्नया गाउँपालिका- ८ मल्लोढोलेमा पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ।पहिरोले एक परिवार विस्थापित भएको छ। सतबाँझ श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म खनिएको सडकमा पहिरो खस्दा स्थानीय अम्मरबहादुर बोहराको घरमा क्षति पुगेको स्थानीय प्रेमबहादुर बोहराले जानकारी दिए। उनका अनुसार सडकमाथिबाट ठूलो पहिरो खसेको छ। एक परिवार पूर्णरुपमा विस्थापित भएको छ।अरु घरहरु पनि जोखिममा परेका छन्।

बोहरा परिवार अहिले छिमेकीको घरमा बस्दै आएको  छ। यस्तै रामबहादुर बोहरा,बीरपल बोहरा, धौलसिंह बोहरा, जहरे बोहरा, घुम्रा बोहराको घर पहिरोको उच्च जोखिममा रहेको छ। सोही ठाउँको पुरै दलित बस्ती पनि पहिरोको जोखिममा रहेको स्थानीय भानबहादुर बोहराले बताए। सडकबाट ठूलो पहिरो खसेको छ।त्यहाँ ६० घरपरिवार पहिरोको जोखिममा छन्। भिरालो जमीन भएकाले पानी पर्ने वित्तिकै पहिरो बग्न सुरु हुन्छ ।

 ठाउँ ठाउँमा परेको पहिरोले मल्लोढोलेमा बाटो अवरुद्ध भएको छ । ढोल्यामोडदेखि सुर्नया गाउँपालिका- ८ को कार्यालय सम्म गत वर्ष करीब ९५ लाखको लागतमा सडक खनिएको थियो। सडकका कारण पहिरोको जोखिम बढेको स्थानीय बीरपल बोहराले बताए। उनले भने, 'सडकमा खनिएको सबै माटो खेतमा आएको छ। माथिबाट पुरै पहिरो खसेर घर नै जोखिममा परेका छन्। सडककै कारण बस्ती जोखिममा परेको हुन्।'

पहिरो प्रभावित परिवारलाई तत्काल राहतका लागि वडाकार्यालयबाट सहयोग गर्ने र गाउँ कार्यपालिकामा राहतका लागि पहल गर्ने वडाध्यक्ष बोहराले बताए।   

पानी अभाव

पहिरोले खानेपानीको पाइप बगाउँदा बैतडीको दोगडाकेदार गाउँपालिका- ८ बिसौना दलित बस्तीका बासिन्दालाई समस्या भएको छ। केही दिनअघि डोलमा खसेको पहिरोले खानेपानी पाइप बगाएपछि बिसौना दलित बस्तीमा खानेपानीको अभाव भएको स्थानीय रामदत्त जोशीले जानकारी दिए।

पहिरोले खानेपानी पाइप बगाएपछि ५० भन्दा बढी परिवार प्रभावित छन्।डोलबस्तीमा प्रत्येक वर्ष पहिरोले घर तथा खेतीयोग्य जमीन सखाप हुने गरेको स्थानीय लोकेन्द्र चन्दले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.