डोजरले खनेका सडकमा पहिरोको जोखिम

डोजरले खनेका सडकमा पहिरोको जोखिम

बैतडी : बैतडीका विभिन्न ठाउँमा पहिरोको त्रास बढेको छ। बिना स्टमेट डोजरले खनेका सडकले पहिरोको त्रास निम्त्याएको स्थानीयको गुनासो छ। विगतमा काटिएका सडक वर्षातसँगै खोल्सामा परिणत भएका स्थानीय बताउँछन्। गोकुलेश्वर–डिलासैनी सडकका कारण थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँ लगायतका ठाउँमा व्यक्तिका घर पहिरोको जोखिममा परेका स्थानीय हरिदत्त जोशीले जानकारी दिए। २०७० सालदेखि सडक काट्न सुरु गरेदेखि नै घर पहिरोको जोखिममा परेको उनले बताए। ‘सडकले हाम्रो थातबास उठ्ला जस्तो भएको छ। हाम्रो गाउँमा चार घर पहिरोको उच्च जोखिममा छन्,’ उनले भने, ‘सडक निर्माण गर्ने बेला डोजरले जथाभावी खन्दा गाउँ नै पहिरोको जोखिममा छ।’

५ वर्ष अघि मात्रै निर्माण गरेको पक्की घर पहिरोको जोखिममा परेको जोशीले गुनासो गरे। ‘घरको आँगन पहिरोले लगिसकेको छ। गत आर्थिक वर्षको बजेटमा जोखिम भएका ठाउँमा मेसीनरी पर्खाल लगाएको थियो। तर ती पर्खाल गतिला नहुँदा धेरैजसो भत्किसकेका छन्,’ उनले भने।

जथाभावी खनिएका कच्ची सडकले खेतीयोग्य जमिन र बस्तीमा प्रभाव पर्न थालेको पुर्चौंडीका स्थानीय शिवलाल साउँदले बताए। ‘विकासका नाममा विनास भएको जस्तो लाग्छ। वर्षात शुरु भए यता गाउँमा खनिएका सबै सडक खोल्सा भइसकेका छन्,’ उनले भने, ‘सडकबाट बग्ने माटोले खेतीयोग्य जमिनसमेत बगाउने गरेको छ।’

कच्ची सडकमा खसेको पहिरोका कारण सुर्नया गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालयमा क्षति पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम लोहारले बताए। जिल्लाका अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर गाउँगाउँमा सडक खनेका छन्। तर ती सडक मापदण्ड विना खनिएकाले वर्षातको समयमा खोल्सामा परिणत हुन्छन्। ‘प्रत्येक वर्ष सडक खनिन्छन्। वर्षातको भेलले सडकलाई खोल्सा बनाउँछ अनि हिउँद शुरु हुने वित्तिकै तीनै सडक मर्मतको नाममा पैसा सकिन्छ।’ स्थानीय देवदत्त भट्टले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.