त्रिशूली बस दुर्घटना : एकै परिवारका ३ बेपत्ता, अधुरै रहयो डाक्टर बनाउने सपना

त्रिशूली बस दुर्घटना : एकै परिवारका ३ बेपत्ता, अधुरै रहयो डाक्टर बनाउने सपना

मलंगवा : सर्लाहीको मलंगवाबाट काठमाडौ जाँदै गरेको बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्यो। बसमा सवार ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवनगरका २० वर्षीय सौरभ रौनियार बेपत्ता भएका छन्।  छोरा बेपत्ता भएपछि सौरभको परिवार पीडामा छ। एक्लो छोरा दुर्घटनामा बेपत्ता भएपछि सौरभकी आमा उषादेवी रौनियार अचेत बनेकी छन्। 

उषा छिन्छिनमा मुर्छा पर्छिन्। बुबा चन्देश्वरप्रसाद रौनियारका अनुसार बुधबार कुल देवताको पूजामा सहभागी भएर सौरभ मंगलबार घर आएका थिए। सौरभ काठमाडौंमा ठूलो बुबा र ठूली आमासँग बस्दै आएका थिए। उनलाई डाक्टर बनाउने सपना परिवारको थियो। उनी पनि परिवारको सपना पूरा गर्न लागि परेका थिए। 

सौरभ डेढ वर्षदेखि मेडिकलको तयारी गरिरहेका थिए। एकमात्र छोरालाई डाक्टर बनाउने सपना बस दुर्घटनसँगै टुटेर गएको छ। छोरा बस दुर्घटनामा परेर बेपत्ता बनेपछि अब बाँच्ने सहारा सकिएको चन्देश्वरले बताए। 

बाल्यकालदेखि नै छोरो सौरभ पढ्नमा अब्बल थिए। उनले काठमाडौंकै सामुदायिक विद्यालयबाट कक्षा १ देखि १० सम्मको पढाइ सकेका थिए। 

‘विद्यालय छोरा कहिले दोस्रो भएन्’, बुबा चन्द्रश्वरले भने, ‘एसएलसीमा स्कुल टप गरेपछि १० हजार पुरस्कार समेत पाएको थियो।’  १२ कक्षा पनि राम्रै अंक ल्याएका थिए। मेडिकल शिक्षाका लागि उनले नाम निकालेपछि परिवारले डाक्टर बनाउने सपना देखेको थियो। 

‘दुर्घटनामा छोरा बेपत्ता भएपछि परिवार र आफन्तले आँशु थाम्न सकेका छैनन्’, चन्देश्वरले रुदैं भने, ‘बिरामीको उपचार गर्दै आएको देख्ने सपना थियो। तर, अल्पआयुमै छोरालाई दैबले लग्यो।’ 

सौरभसँगै उनका ठूलो बुबा राजनारायण रौनियार र ठूलीआमा शोभा रौनियार पनि बेपत्ता छन्। सँगै यात्रामा रहेकी  १८ वर्षीय बहिनी स्वेता रौनियार भने बाँच्न सफल भएकी छन्। 

धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित शुक्रबार बिहान ना ६ ख ७४६९ बस दुर्घटना हुँदा ३ जनाको मृत्युको छ। १६ जना घाइते छन् भने २२ जना अझै हराइरहेका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.