सीजीको रिट्रिटमा गल्फ कोर्स

सीजीको रिट्रिटमा गल्फ कोर्स

नवलपुर : चौधरी ग्रुपले नवलपुरमा गल्फ खेल्ने सुविधासहितको रिसोर्ट सञ्चालन गरेको छ। पर्यटक आकर्षित गर्ने उद्देश्यले उक्त रिसोर्टमा गल्फका लागि मैदान बनाइएको हो।

धार्मिक पर्यटकीय क्षेत्रको रूपमा चर्चामा आएको शाश्वत धामको नजिकै गल्फ खेल्न सकिने व्यवस्थासहित रिसोर्ट सुरु गरिएको हो। देवचुली नगरपालिका–२ स्थित चौधरी औद्योगिक क्षेत्रमा गल्फ कोर्ससहित रिसोर्ट सुरु गरिएको छ। नेपालमा रहेको पाँचवटा गल्फ कोर्समध्ये सीजीमा गल्फ खेल्न ९ वटा होल्स छन्।

यसअघि निजी रूपमा सञ्चालन गरिएको गल्फ कोर्सलाई व्यावसायिक बनाइएको रिसोर्टका अप्रेसन म्यानेजर श्याम थापाले बताए। ‘विदेशबाट आउने पर्यटकको सुखद बसाईसँगै गल्फ खेल्न खोज्छन्, रिसोर्टसँगै गल्फको विकासमा लागेका हौं’, थापाले भने, ‘नेपालमा गल्फर कम भएकाले यसको प्रवद्र्धनका लागि स्थानीयस्तरबाट समेत सहभागिता बढाउन खोजेका छौं।’ उनका अनुसार अहिले गल्फ खेल्न ५३ जनाले सदस्यता लिएका छन्। सदस्यता लिएकालाई रिट्रिटमा छुट दिइएको थापाले बताए। चौधरी ग्रुपले गल्फ खेलका पारखीलाई लक्ष्य गरेर १० कोठाको सुविधायुक्त रिट्रिट सुरु गरेको हो।

नेपालमा कमै मात्र खेलिने गल्फ खेल्न चाहनेलाई सिकाउने व्यवस्था छ। मासिक रूपमा प्रतियोगिता गरिने सीजीले जनाएको छ। खेल हेर्न आध्यात्मिक वि श्राम र प्राकृतिक मनोरम वातावरणमा रमाउन सकिने बताइएको छ। सीजीले सञ्चालन गरेको द फन रेसिडेन्सीका म्यानेजर सुरज थापाले अन्तर्राष्ट्रियस्तरको सेवा र सुविधा दिएको बताए। ‘भम्रण वर्षलाई लक्ष्य गरेका छौं’, उनले भने, ‘पर्यटनलाई प्रवद्र्धन गर्न गल्फ कोर्स र रिसोर्ट सुरु गरेका हौं।’ रिसोर्टभित्र निर्माण गरिएको कमलको फूल रहेको पोखरी छ।

रिसोर्टमा चरा अवलोकन अर्को आकर्षक गन्तव्य हो। झण्डै दुई घण्टा हिँडेर चरा हेर्न सकिन्छ। रिसोर्ट वरपर चरालाई अकर्षित गर्ने रुखहरू छन्। लोपोन्मुख प्रजातिका चरा देख्न सकिने रिसोर्टले जनाएको छ। नेपाली र भारतीयसहित विदेशी खानाका परिकारको पनि व्यवस्था गरिएको छ। रिसोर्टमा बस्ने पर्यटक चितवनको सौराहा र नवलपुरको अमलटारीमा जंगल सफारीमा जान सक्नेछन्। भम्रण वर्षलाई लक्ष्य गरेर रिट्रिट सुरु गरेको रिसोर्टले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.