रगतमा सेना, प्रहरीकै भर

रगतमा सेना, प्रहरीकै भर

बैतडी : पञ्चेश्वर गाउँपालिका ६ की २१ वर्षीया आशा भट्ट सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा पुगिन्। अत्यधिक रक्त श्रावपछि नेपाली सेनाका जवानले रगत दिएर उनको ज्यान जोगियो। ‘जिल्ला अस्पतालमा रगत चाहिने बिरामी आएमा सेना र प्रहरीलाई गुहार्नको विकल्प छैन।’

अस्पतालका ल्याब असिस्टेन्ट चन्द्रसिंह डोबालले भने, ‘रगत दान गर्नुपर्छ भन्ने चेतनाकै कमी छ। रक्तसञ्चार केन्द्र नहुँदा पनि समस्या छ। रगतको आवश्यकता पर्ने बित्तिकै मान्छे बोलाएर दिनुपर्ने हुन्छ। यसले पनि सेवामा असहजता ल्याएको छ।’

साउन २४ गते नेपाल प्रहरीका एक जवानले रक्तदान गर्दा दार्चुलाको लेकम गाउँपालिका २ की ५५ वर्षीया गंगा धामीको ज्यान जोगियो। ‘गंगामा रक्त अल्पताको समस्या थियो। एकजना प्रहरीले रक्तदान गरे। उनले थप रगतको आवश्यकता थियो। हामीले थप रगत यता पाउन नसकेपछि रेफर गरेका छौं।’ ल्याब असिस्टेन्ट डोबालले भने, ‘ब्लड बैंक भएको भए यस्तो समस्या हुने थिएन्। हामीसँग रक्तदान गरेमा फाइदा हुन्छ भन्ने चेतनाको कमी र ब्लड बैंक दुवैको अभाव रहेको छ।’

जिल्ला अस्पताल बैतडीमा जटिलयुक्त प्रसुती सेवा पनि सञ्चालनमा छ। ‘अप्रेशन गरेर कुनै महिलाको बच्चा जन्माउनु प¥यो भने रगत आवश्यक पर्छ। त्यसैले पहिला रगत दिने मान्छेको जोहो गरेमा मात्रै अप्रेशनको तयारी गर्छौ। नत्र रगतकै अभावमा अन्यत्र रेफरको विकल्प छैन।’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले भने, ‘नेपाली सेना र प्रहरी बाहेक अरुले रगत दिएको त्यति धेरै रेकर्ड छैन। रगतका लागि सेना, प्रहरीकै भर पर्नुपर्ने अवस्था छ।’

सुत्केरी मात्रै नभएर अत्यधिक रक्त श्राव भएका, दुर्घटनामा घाइते भएर धेरै रगत बगेकालाई पनि जिल्ला अस्पतालले रेफर गर्ने गरेको छ। ‘हामीले केसहरु आउने बित्तिकै रगत चाहिने केस तुरुन्तै रेफर गर्छौंं। रेफर गर्दा पनि नजिक भनेको डडेल्धुरा हो। कतिपय बिरामी त्यहाँ पुग्दा सम्म एकदम सिरियस हुने अवस्था आउँछ। रक्त सञ्चार केन्द्रको अभावमा हामीसँग भएको सेवालाई प्रभावकारी बनाउन सकेका छैनौं।’ जिल्ला अस्पतालका मेडिकल अधिकृत वसन्तराज जोशीले भने, ‘रगतका लागि नेपाली सेना र प्रहरीले अहिले सम्म दिदै आएको छ। तर तुरुन्तै रगत चाहिने केसका लागि रेफर गर्नुपर्ने बाध्यता नै छ।’

जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र नहुँदा बिरामी भारतको पिथौरागढ जाने गरेका दशरथचन्द नगरपालिका १ रामदत्त भट्टले बताए। उनले भने ‘जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र नहुँदा धेरै समस्या हुने गरेको छ। रगत चाहिने बिरामीलाई हामीले जसरी पनि अयन्त्र लैजानुपर्ने अवस्था छ।’

जिल्ला अस्पतालको तथ्यांक अनुसार गत आर्थिक बर्षमा १६ जनाले रक्तदान गरेका छन्। त्यसमध्ये ९ जना नेपाली सेना, २ जना सशस्त्र प्रहरी, २ जना स्वास्थ्यकर्मी र ३ जना अन्य रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.