बाघचाल खेलौं है !

बाघचाल खेलौं है !

बाघचाल बोर्डमा खेलिने नेपालको पुरानो खेल हो। बाघचालको अर्थ ‘चलिरहेको बाघ’ भन्ने बुझिन्छ। यो खेल दुई खेलाडीद्वारा खेलिन्छ। यसमा एउटा खेलाडीले बाघ बनेर बाख्रा खान खोज्छ भने अर्को खेलाडीले बाख्राको बचाऊ गर्दै बाघलाई घेराउ हाल्छ।

खेल जित्नको लागि चार बाघले पाँचवटा बाख्रा खानुपर्छ भने बाख्राले बाघलाई पासोमा पार्न सक्नुपर्छ। कसैले बाघ चाललाई नेपालको राष्ट्रिय खेल पनि भन्ने गरेका छन्।

बाघ चालको इतिहास

यो खेल सयौं वर्ष पुरानो मानिन्छ। बच्चादेखि बूढापाकासम्मले यो खेल खेल्छन्। यो खेलको वर्णन कथा र पुराणहरूमा पनि गरिएको छ। यो कालान्तरमा गोठालाहरूका बीचमा मात्र सीमित थियो। गोठालाहरूले वस्तुभाउ बचाउन यो खेल खेल्ने गरेको कथा सुन्न सकिन्छ।

खेलसम्बन्धी भएका कुनै अध्ययनले यो खेल हिमालयमा उत्पत्ति भएको भन्छन् भने कुनैले भारतको दक्षिणी भेगबाट आएको हो भन्छन्। यो खेललाई मानिसले सयौं वर्षदेखि खेलिरहेका छन्। पुरानो भए पनि आज पनि मानिसमा यो खेल अत्यन्त लोकप्रिय रहेको छ।

बाघचालका नियमहरू

बाघचाल दुई खेलाडीद्वारा एल्कर्क बोर्डमा खेलिन्छ। यसमा एक साइडमा चार बाघ हुन्छन् भने अर्काे साइडमा २० बाख्रा हुन्छन्। खेलाडीलाई बाघ र बाख्रा खेलाडी भनिन्छ।

भाइबहिनीहरू यो खेलका नियमहरू जानौं है त।

–यो खेल चार बाघसहित सुरु हुन्छ। बोर्डको प्रत्येक कुनामा एउटा एउटा बाघ रहेका हुन्छन्।

–बाख्रा खेलाडीको पालो सुरुमा हुन्छ।

–जसले बाख्राको तर्फबाट खेल खेल्छ उसले २० बाख्रा हातमा राख्छ।

– बाख्रा खेलाडीले बोर्डको खाली बिन्दुमा पालैपालो बाख्रा राख्नुपर्छ।

–बाख्रा खेलाडीले सबै बाख्रालाई बोर्डमा मिलाएर राखिसकेपछि चिह्न लगाइएको लाइनको कुनै छेउको खाली बिन्दुमा बाख्रा सार्नुपर्छ।

–बाघले कुनै पनि समयमा बाख्रालाई पक्रिन सक्छ। बाख्रा बोर्डमा राखेर नसके पनि बाघले बाख्रालाई पर्खनु आवश्यक छैन।

– बाघले एक पटकमा एउटा बाख्रामात्र पक्रन सक्छ।

–जबसम्म सबै बाख्राहरू बोर्डमा हुँदैनन् तबसम्म बाख्रा चल्न सक्दैनन्।

–बाख्रा बाघ वा अन्य बाख्रामाथि उफ्रिन सक्दैनन्।

–एक बाघ अर्काे बाघ माथि उफ्रिन सक्दैन। तर बाख्रामाथि उफ्रन सक्छ।

–आफ्नो पालोका बाघ खेलाडीले गोटी आफ्नो ठाउँबाट खाली ठाउँमा सानुपर्दछ।

–एक समयमा एक गोटी मात्र कब्जा गर्न सकिनेछ। गोटीहरू थुपार्न अनुमति छैन।

–बाघले आफ्नो दिशा परिवर्तन गर्न सक्दैन। एकतर्फ खाली ठाउँ र अर्काेतर्फ बाघ छ भने बाघले बाख्रा खाने खतरा बढी हुन्छ।

–बाघ खेलाडीले त्यतिबेला जित्छ जतिबेला पाँचवटा बाख्रा खान्छ।

–बाख्रा खेलाडीले त्यतिबेला जित्छ जतिबेला सबै बाघहरू समातिन्छन् र बाघहरूसँग कुनै चाल बाँकी हुँदैन।

यो खेल पाँच÷पाँच बिन्दुको ग्रिडमा खेलिन्छ। गोटीहरू लाइन छुट्टिएको ठाउँमा राखिन्छ। यो खेल दुई चरणमा खेल्न सकिन्छ। पहिलो चरणमा बाख्राहरू बोर्डमा हुन्छन् भने बाघलाई सारिन्छ। दोस्रो चरणमा बाख्रा र बाघ दुवै सारिन्छ।

यो खेलको स्टेपटाइम एक मिनेट र खेल्ने समय एक घण्टा हुन्छ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.