साङ्ला आकारको रोबोट

साङ्ला आकारको रोबोट

अमेरिकी अनुसन्धानकर्ताले साङ्लाको आकारको रोबोट तयार गरेका छन्। यो रोबोट जमिनमा तीव्र गतिमा दौडिन्छ। यतिमात्र नभई यो रोबोटमाथि कुनै मानिसले खुट्टा राखे भने पनि भाँचिदैन। अनुसन्धानकर्ताका अनुसार यो रोबोटको मद्दतले खोजमूलक कार्य र रेस्क्यु मिसनजस्ता काम गर्न सकिन्छ। खासगरी मानिस, कुकुर र ठूलो मेसिन पुग्न नसक्ने ठाउँमा यसको प्रयोग हुनेछ।

६० किलोसम्मको भार उठाउन सक्ने

क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर लिवे लिनका अनुसार यो आकारका धेरै रोबोट बढी कमजोर हुन्छन्। यदि यस्ता रोबोटमाथि खुट्टा राखियो भने नोक्सान पनि हुन्छ। तर, यो रोबोट कमजोर छैन। यसको क्षमता जाँच्नको लागि अनुसन्धानकर्ताले रोबोटमाथि एउटा मानिसको जत्तिकै भार राखे। तर, यो रोबोटलाई न कुनै नोक्सान भयो न यसले काम गर्न नै बन्द गर्‍यो।

चीनको युनिभर्सिटी अफ इलोक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीका असिस्टेन्ट प्रोफेसर यिचआन वुका अनुसार जब भूकम्प आउँछ त्यतिबेला ठूलो मेसिन वा ठूलो कुकुरले पुरिएका मानिस खोज्न धेरै कठिन हुन्छ। त्यतिबेला हामीलाई सानो आकारको रोबोट आवश्यक पर्छ।

साइन्स रोबोटिक्स जर्नलमा उल्लेख गरिए अनुसार यो रोबोटको आकार स्ट्याम्प जत्तिकै हुनेछ। यसलाई पिजोइलेक्ट्रिक मेटरियलबाट बनाइएको छ। यो एक नयाँ पदार्थ हो। यसमा इलेक्ट्रिक भोल्टेज दियो भने यो फुलेर ठूलो बन्छ। शोधकर्ताले पीवीडीएफ मेटेरियलमा इलास्टिक पोलिमरको कटिङ पनि गरेका छन्। यसको अगाडि खास प्रकारका खुट्टाहरू राखिएका छन्। जसको मद्दतले कुनै इलेक्ट्रिक फिल्डमा गएर बन्द भयो भने फेरि सीधा पनि हुन्छ। अनुसन्धानकर्ताका अनुसार रोबोट हेर्दा साधारण छ। तर, यसभित्र धेरै असाधारण क्षमता समेटिएको छ। यो जमिनमा साङ्ला जस्तै गरी दौडिन्छ। यसको साङ्लाको जत्तिकै रफ्तार हुन्छ। रिपोर्टअनुसार यो कीराको आकारको सबैभन्दा तीव्र गतिमा चल्ने रोबोट हो। यो भर्‍याङमा पनि चढ्न सक्छ।

यो रोवटको तौल एक ग्रामको दस भाग जत्तिकै छ। तर ६० किलोग्रामसम्म तौल उठाउने क्षमता छ। यसले आफ्नो तौलको दस लाख गुना भार बोक्न सक्छ। प्रोफेसर लिनका अनुसार हामीले साङ्लामाथि खुट्टा राखेपछि साङ्ला मर्‍यो भनेर खुट्टा हटाउँछौँ तर, खुट्टा हटाउनेबित्तिकै साङ्ला फेरि दौड्न थाल्छ। यो रोबोट पनि साङ्ला जस्तै छ। धेरै गुना भार राखेपछि पनि काम गर्न छाड्दैन। अहिले यो रोबोटलाई पातलो तारको माध्यमबाट पावर दिइएको छ। तर अनुसन्धानकर्ताले यसमा ब्याट्री जोड्न लागेका छन्। त्यसपछि यो स्वतन्त्र रूपले चल्न सक्छ। वैज्ञानिकहरू यसलाई अझै राम्रो बनाउन यसमा ग्यास सेन्सर जोड्ने विचारमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.