प्रदेश ५ का लोकसेवाका अध्यक्षले लिए शपथ

प्रदेश ५ का लोकसेवाका अध्यक्षले लिए शपथ

बुटवल : पाँच नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका बीच तुल्सीपुर उच्च अदालतका मुख्यन्यायाधीश रमेश पोख्रेलले भट्टराईलाई शपथ गराएका हुन्।

लोकसेवा आयोगका तीन सदस्य पदाधिकारीमध्ये अध्यक्षलाई मुख्यमन्त्री नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था छ। मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले भट्टराईलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

प्रदेश प्रमुखको उपस्थितिमा उनले शपथ ग्रहण गरेका हुन्। यस्तै लोकसेवा आयोगको मुख्य कार्यालय बुटवलमै राख्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले हाटबजारस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै छेउमा रहेको भवनमा लोकसेवा आयोगको कार्यालय तोकेको हो।

आयोगको कार्यालय मन्त्रीपरिषद् बैठकले तोक्ने व्यवस्था रहेको छ।सन्धिखर्क नगरपालिका-१० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन्। 

लोकसेवा गठनसँगै प्रदेश ५ मा कर्मचारी नियुक्तीको बाटो खुलेको छ।प्रदेशमा करिब १ हजार ५ सय दरबन्दी खाली रहेको छ। केही महिनाभित्रै लोकसेवाले विज्ञापन खुलाउने जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.