रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो
![रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो](https://annapurnapost.prixacdn.net/media/albums/rabi-lamichhane_20190815133327_sPT0jGKsGk.jpg)
चितवन : पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।
बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । अहिले उनीहरुको थुनछेक बहस भइरहेको छ । उनीहरुलाई म्याद थप गर्ने या नगर्ने भन्ने बहसपछि टुंगो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)