पाल्पामा गाईजात्रा
पाल्पा : पाल्पामा भिन्नभिन्न शैलीबाट गाईजात्रा मनाइको छ। शुक्रबार बिहानैदेखि सदरमुकाम तानसेनलगायत आसपासका नेवारी बस्तीमा गाईजात्रा निकालिएको हो। नेवारी परम्परा अनुसार वर्ष दिन भित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा घरपरिवारले गाईजात्रा निकाल्ने गर्छन्।
दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने घरबाट भगवान राम, सीता, लक्ष्मण, कृष्ण, राधाको रुपमा बालबालिकालाई सुन्दर बनाएर भजन, रामायाण गाउँदै दिवंगत आत्माको शान्तिको कामना गर्दै बजार घुमाएका थिए। 

प्रतिक्रिया दिनुहोस !