एपबाट सिकाइ

एपबाट सिकाइ

काठमाडौं : भारतको बैङ्लोरमा उच्च शिक्षा प्राप्त गर्न गएका निर्दाेष लम्साललाई त्यहाँ देखेको शिक्षाले नेपालमा केही गरौं न भन्ने लाग्यो। नेपालको शिक्षा पुरानो शैलीको भएकाले बालबालिकाले नयाँ तरिकाले सिकून् भन्ने उनको चाहना थियो।

त्यही उद्देश्य पूर्तिका लागि उनले नेपालमा विद्यार्थीको सिकाइको लागि विभिन्न प्रोजेक्टहरू ल्याए र एउटा संस्था खोले। संस्थाको नाम हो बुट्स अप वन्डर्स। बालबालिकालाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञान हासिल गर्न सक्ने तरिकाले यी प्रोजेक्टहरूको निर्माण गरिएको छ।

ती प्रोजेक्टभित्र ‘एडु इज फन’ नामको बालबालिकाको लागि एप्लिकेसन, किड्स एज नामक पत्रिका र विज्ञान प्रयोगशाला रहेका छन्।

एडु इज फन एक एप्लिकेसन हो। १ देखि १० कक्षासम्मको सबै सिलेबस यसमा राखिएको छ। यो एपबाट विद्यार्थीले खेल्दै सिक्न सक्छन्। खेल खेल्दै आफ्नो सिलेबसका कोर्स पढ्न सकिन्छ। त्यही खेलबाट आफ्नो पढाइ कभर गर्न पनि सकिन्छ।

बालबालिका मोबाइल वा खेलमा झुन्डिने भएकाले त्यही खेललाई शिक्षामा परिवर्तन गरेको संस्थाका फाउन्डर निर्दाेष लम्सालले बताए।

रोचक कुरा के छ भने यो एपमा विद्यार्थीले पढिसकेपछि ऊ कहाँनेर कमजोर र कहाँनेर राम्रो छ भन्ने इमेल बाबुआमालाई जान्छ। उसले कुन विषयमा कति समय लगाएको छ र के कुरा हेरिरहेको छ भन्ने पनि आमाबाबुले जानकारी पाउँछन्।

अहिलेका बालबालिका धेरै मोबाइल, ट्याबमा झुन्डिएर पढाइमा ध्यान दिएनन् भन्ने गुनासो बाबुआमाबाट सुनिन्छ। यस्तो अवस्थामा खेलकै माध्यमबाट सिक्ने यो राम्रो माध्यम भएको लम्सालको भनाइ छ। यो एप डाउनलोड गरिसकेपछि वर्षैभरि खेल्न सकिन्छ।

अर्काे प्रोजेक्ट हो किड्स एज पत्रिका। यो पत्रिका भारतको एहेमदाबादबाट प्रकाशित हुन्छ। यो दक्षिण एसियामा सबैभन्दा बढी बालबालिकाले पढ्ने पत्रिका हो। यो मन्टेश्वरीदेखि कक्षा ८ सम्मका बालबालिकालाई लक्षित गरेर बनाइएको छ। पत्रिकामा बालबालिकालाई कसरी नयाँ तरिकाले सिकाउने भन्ने रोचक कुरा पत्रिकामा राखिएको छ।

यसका हरेक अंकमा फरक गतिविधि समेटिएका हुन्छन्। उदाहरणका लागि एउटा अंकमा ‘रब एन्ड रिविल’ चित्र हुन्छ। त्यसलाई मेट्यो भने त्यसभित्र लुकेका कुरा बालबालिकाले देख्न सक्छन्। अर्काे चित्र पानी लगाएपछि मात्र देख्न सकिन्छ। कुनै चित्र घाममा गएपछि मात्र देख्न सकिन्छ भने कुनै चित्र चस्मा लगाएपछि मात्र देख्न सकिन्छ।

अर्काे प्रोजेक्ट हो स्मार्ट साइन्स एन्ड एजुकेसन। यो एउटा प्रयोगशाला हो। यसमा विज्ञानसम्बन्धी एक सय आठ वटा उत्पादन छन्। त्यो घरमै भएको सामानबाट बनाएको छ। सबै सामान छरपष्ट पारिन्छ। ती सामान विद्यार्थीले मिलाएर विज्ञानको एउटा सामान बनाउनुपर्छ।

अर्काे कार्यक्रम छ ब्रेन ड्रेन। यसमा बालबालिकालाई स्मरण शक्ति कसरी बढाउने र कसरी राम्रो नम्बर ल्याउने भनेर तालिम दिइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.