चीनमा नेपाली युवा पुरस्कृत

चीनमा नेपाली युवा पुरस्कृत

बेइजिङ : नेपाली युवा किरण गौतम चीनमा पुरस्कृत भएका छन्। उनले चाइना बुक स्पेशल कन्ट्रिब्युसन एवार्ड पाएका हुन्। चीनले हरेक वर्ष चिनियाँ संस्कृतिको प्रचार प्रसार, सांस्कृतिक आदानप्रदानलाई प्रवध्र्र्दन तथा चीनसम्बन्धी पुस्तक अनुवाद र प्रकाशनमा महत्तवपूर्ण योगदान गरेका विदेशी अनुवादक, लेखक र प्रकाशकलाई यो पुरस्कार दिने गर्दछ।

यस पटकको तेह्रौं संस्करणमा नेपालीसहित विश्वका १५ जनाले पुरस्कार पाएका छन्। गौतमले विशेष योगदान पुरस्कार युवा प्रकाशकतर्फ पाएका हुन्। पन्ध्र पुरस्कारमध्ये तीनजनालाई युवा विशेष योगदान पुरस्कार दिइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका पोलिटिकल ब्युरो सदस्य तथा प्रचार विभागका मन्त्री ह्वाङ खुनमिनले चीनको राष्ट्रिय अतिथि गृह त्याउयूथाईमा करेन्ट पब्लिकेसन्सका महाप्रबन्धक गौतमलाई बुधबार चाइना बुक स्पेशल कन्ट्रिब्युसन एवार्ड (यङ एचिभर्स) दिएका हुन्।

सन् २००५ देखि सुरु गरिएको यो पुरस्कार सन् २०११ देखि हरेक वर्ष प्रदान गरिन्छ। चिनियाँ संस्कृति प्रवध्र्दनमा यो पुरस्कारको प्रभाव व्यापक मानिन्छ। हालसम्म ५३ देशका १ सय ३८ जनाले यो पुरस्कार पाइसकेका छन्। गत वर्ष नेपाली सुन्दरनाथ भट्टराईले अनुवादकतर्फ उक्त पुरस्कार पाएका थिए। पुरस्कृत गौतमको प्रकाशन गृहबाट यही अगस्त २१ देखि २५ सम्म बेइजिङमा आयोजना हुने बेइजिङ इन्टरनेशनल बुक फेयरमा चीनसम्बन्धी तीनवटा पुस्तक विमोचन गर्ने कार्यक्रम छ। ती पुस्तक सी चिनफिङले सुनाएका कथा, चाइना टेल्सलगायतका छन्।

प्रकाशित पुस्तकमध्ये सबैभन्दा उल्लेखनीय ‘वी एण्ड यूः द स्टोरी अफ चाइना एण्ड नेपाल’ हो। यो पुस्तक १६ चिनियाँ र ७ नेपाली लेखकले लेखेका थिए। गौतमले पाँच वर्षयता ३० भन्दा बढी चिनियाँ प्रकाशन गृहसँग चिनियाँ पुस्तक प्रकाशनका लागि ६ सय प्रतिलिपि अधिकार सम्झौता गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.