शुक्रबारदेखि चार विश्वविद्यालय उपकुलपतिबिहिन
काठमाडौं : शुक्रबारदेखि चार विश्वविद्यालय उपकुलपतिबिहीन हुँदैछन् । त्रिभुवन विश्वविद्यालयक उपकुलपति प्रा.डा तीर्थ खनियाँ, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा घनश्यामलाल दास र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरलालाको कार्यकाल शुक्रबारदेखि सकिदै छ ।
सबै विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न सर्च कमिटी गठन गर्नुपर्छ । त्रिवीका लागि दुई साताअघि नै एक कमिटी गठन भएको थियो । दुई सातासम्म पनि कमिटिले नाम दिन नसकेपछि त्रिवीमा कार्यबाहक उपकुलपतिको जिम्मेवारी सुधा त्रिपाठीलाई दिइएको छ ।
त्यसैगरी, संस्कृत विश्वविद्यालयमा रमेश ढकाल, पूर्वाञ्चल विश्वविद्यालयमा विजुकुमार थपलिया र कृषि विश्वविद्यालयको कार्यबाहक उपकुलपतिको जिम्मेवारी शारदा थपलियाले पाएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !