च्याउ खाँदा ससुरा र बुहारी सिकिस्त
बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका- ६ चामिद्वारमा विषालु च्याउ खाँदा एकै घरका दुईजना सिकिस्त बिरामी परेका छन्। स्थानीय ६८ वर्षीय लक्ष्मणसिंह बुढा मगर र उनका बुहारी २८ वर्षीय प्रतिक्षा बुढा मगर सिकिस्त बिरामी परेका हुन्।
बिहीबार बिहान करिब ८ बजेतिर आफ्नै घरदैलोमा उम्रिएको मल्लेउको च्याउ खाँदा बिरामी परेको स्थानीयले बताएका छन् । अचेत अवस्थामा रहेका दुवैजनाको अधिकारीचौर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको स्वास्थ्य चौकी प्रमुख कल्पना घर्ती मगरले जानकारी दिए।उनीहरुको अवस्था गम्भीर देखिएपछि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र उपप्रमुख करमति पुनको विशेष पहलमा हेली चार्टर गरी पोखरा रिफर गरिएको घर्तीको भनाई छ।
जंगली च्याउमा हुने विषालु पदार्थले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्याउने भएकाले हेलिकप्टर रेफर गरिएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !