काठमाडौंमा गौरा पर्व

काठमाडौंमा गौरा पर्व

काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा धुमधामसँग मनाइने गौरापर्व काठमाडौंमा मनाइएको छ । काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमकाबीच शुक्रबार गौरापर्व मनाइएको हो । धार्मिक एवं सांस्कृतिक महत्वको गौरापर्व काठमाडौंमा पनि धुमधामसँग मनाइने गरेको छ ।

विभिन्न पेशा, व्यवसाय, अध्ययनका लागि काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशबासीको संख्या बाक्लिदै जाँदा काडमाडौंमा पनि यो पर्व विशेष कार्यक्रमका साथ मनाइने गरेको छ । गौरापर्वका दिन सुदूरपश्चिमका विभिन्न पार्टीका नेताकार्यकर्ताहरु टुँडिखेलमा जम्मा भएर देउडा खेल्ने गरेका छन् । शुक्रबार नेकपाका नेता भीम रावल, नेपाली कांग्रेसका नेता एनपी साउँदलगायत ठूलो संख्यामा पार्टीका नेता कार्यकर्ताहरुले संगै गौरा मनाएका थिए ।

गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । संघीय राजधानी काठमाडौंमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै गौरापर्व धुमधामका साथ मनाउन थालिएको छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको किम्वदंती छ ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्राएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ

बिहीबार गौरा घर र मन्दिरमा धार्मिक अनुष्ठानका साथ गौरा भित्राइएको थियो । गौरा भित्राउने दिनलाई स्थानीय भाषामा ‘ठूली गौरा’ भित्राउने दिनको रुपमा लिइन्छ । गौरा पर्वका दिन देउडा खेल्ने प्रचलन छ । विगतमा देउडामा पौराणिक कथा र देवीदेवताका गाथा समेटिने गरेपनि पछिल्लो समय भने राजनीतिक र सामाजिक विकृतिलाई देउडाका माध्यममाबाट व्यंग गर्ने गरिन्छ । गौरापर्वलाई एकताको पर्वका रुपमा लिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.