हिमालयन एयरलाइन्सले बेइजिङ उडान गर्ने

हिमालयन एयरलाइन्सले बेइजिङ उडान गर्ने

बेइजिङ : नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा काठमाडौंदेखि चीनको राजधानी बेइजिङसम्म सिधा उडान बिस्तार हुने भएको छ। नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उत्तरी छिमेक चीनको राजधानी सहर बेइजिङसम्म सिधा उडान बिस्तार गर्ने भएको हो। चिनियाँ बुकिङ साइटमा हिमालय एयरलाइन्सको उडानबाट अक्टुबर अन्त्यदेखि टिकट बुकिङ गर्न सकिने देखाइएको छ।

योसँगै बेइजिङमा बस्दै आएका नेपाली तथा नेपालप्रति चासो राख्ने चिनियाँ उत्साहित छन्। सिधा उडान भएमा दुई छिमेकी राष्ट्रबीचको दुरी मात्र साढे पाँच घण्टा रहनेछ। हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार उडान निश्चित भएकाले अक्टुबर अन्तिम सातादेखि टिकट बुकिङ गर्न अनुमति दिइएको छ। उक्त समयबाट काठमाडौं–बेइजिङ सिधा उडान हुने उनले जानकारी दिए।

‘विभिन्न चिनियाँ बुकिङ वेबसाइटमा हिमालय एयरलाइन्सको काठमाडौंसम्मको सिधा उडान टिकट बुकिङ गर्न मिल्ने देखेपछि मलाई त एकदम खुसी लाग्यो, यसअघि सधैं आमाबुवालाई यहाँ बोलाउन र नेपाल पठाउँदा मान्छे खोज्नुपर्ने हुन्थ्यो, अब ढुक्क हुने भइयो’, बेइजिङमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर महेश थपलियाको भनाइ हो यो। हाल बेइजिङमा अध्ययनरत र पेसाकर्मीलाई परिवारको यात्राका दौरान भाषाका साथै ट्रान्जिटका कारण अप्ठेरो पर्ने गरेको छ। उनले थपे, ‘परिवारजनसँगै विमानस्थलमा भेट नहुन्जेल र उता काठमाडौंमा पनि सकुशल अवतरण नभइसक्दासम्म स्थिति तनावपूर्ण रहने गरेको छ।’

उडानबीच लामो र एक रातसम्मको ट्रान्जिटका कारण महेशमात्रै होइन प्राय सबै यात्रुको हवाई यात्रा कष्टकर रहँदै आएको छ। यसैबीच बेइजिङमा अध्ययनरत संगीत संग्रौलाको भनाइ भने फरक छ। ‘सिधा उडान त ठिक हो, सुविधाजनक हुनेछ। नेपाली भाषी एयरहोस्टेस र खाना पनि हुने होला तर टिकट मूल्य त झण्डै दोब्बर जस्तै छ। पैसा हेर्ने हो भने महँगो छ।’

हाल बेइजिङबाट काठमाडौंसम्मको दुईतर्फी उडान तीन हजार/३५ सय युआनको हाराहारीमा छ भने अब हुने सिधा उडानको टिकट दर पाँच हजारमाथि छ। सिधा उडानको टिकट तुलनात्मक रूपमा महँगो देखिन्छ। बेइजिङ फरेन ल्याङवेज स्टडी युनिमर्सिटीअन्तर्गत नेपाली अध्ययन केन्द्रका निर्देशक सिङ युन (इन्दिरा) वर्षमा धेरैपटक नेपाल ओहोरदोहोर गर्छिन्, उनी सिधा उडानले काठमाडौं र बेइजिङलाई अझै नजिक ल्याउने बताउँछिन्। ‘बेइजिङ–काठमाडौं हुने सिधा उडानले चीन–नेपाल सम्बन्ध सुदृढ होस् तथा दुई देशका जनताबीचको दुरी कम होस् भन्नेछ’, उनी थप्छिन्, ‘हामी आफ्ना साथी तथा नातेदारलाई जहिले पनि नेपालको परिचय दिन्छौं।’

भ्रमण वर्ष २०२० का लागि चीनबाट मात्रै पाँच लाख चिनियाँ पर्यटक भित्रिने अनुमान गरिएको छ। सिधा उडानपछि गुणस्तरीय चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्नेछन्। नेपालप्रति चासो भएकाबाहेक अब धेरै चिनियाँले नेपाल चिन्नेछन्। व्यापारिक वर्ग सबैभन्दा उत्साही देखिन्छन्। हस्तकलालगायत व्यापारीहरू कार्गोमा लाग्ने समय बचत हुने बताउँछन्। ‘पहिला कार्गो गर्दा कम्तीमा पाँच दिन लाग्थ्यो अब दुईतीन दिनमा पाइनेछ, डाइरेक्ट भएपछि समयसँगै एजेन्ट खर्च बचत हुनेछ’, एक पस्मिना व्यापारीले भने।

काठमाडौं–बेइजिङ ओहोरदोहोर गर्न सजिलो मात्रै होइन, काठमाडौं र बेइजिङबीच निकटता ल्याउनेछ। सिधा उडानले दुई देश र जनता सबैलाई फाइदा पुग्नेछ। साथै नेपालमा चिनियाँ पर्यटकको आगमन गजबले बढ्ने धेरैको अनुमान छ। नेपाली पक्षबाट सिधा उडानको औपचारिक घोषणा नगरेसम्म पर्खनुपर्ने अवस्था छ। चिनियाँ ट्रिप डटकममा बुकिङ खुला गरे पनि ‘अनसर्टेन’ अनिश्चित भनि लेखिएको छ। अर्को छुइनाअरमा भने यही अक्टुबर २७ तारिख (कार्तिक १० गते) बाट बेइजिङ–काठमाडौं सिधा उडानको बुकिङमा कुनै यस्तो संकेत छैन।

दूतावासका एक अधिकारीका अनुसार, सिधा उडानको अनुमति पाइसकेको छ। हाललाई पुरानो विमान या त्यस बेलासम्म नयाँ विमानै उडाउनसक्ने सम्भावना पनि छ। गत जुलाईमा (साउन १०) नेपाल चीन हवाई सेवा सम्झौता पुनरवलोकन गर्न बेइजिङ आएको नेपाली टोली र चिनियाँ उड्डयन प्रशासनबीच वार्तामा बेइजिङ काठमाडौं सिधा उडानका लागि चीनले सहमति जनाएको थियो। हालै निर्माण सम्पन्न र सेप्टम्बरको अन्तबाट सञ्चालनमा आउने तासिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सलाई सिधा उडान अनुमति दिइएको थियो।

सन् २०१४ मा स्थापित यस एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी रहेको छ। यसअघि यस एयरलाइन्सले प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका साथै चीनको छोङछिङ सहरमा पनि चार्टर्ड उडान भरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.