जेटलीको अन्तिम संस्कार आइतबार गरिने
नयाँ दिल्ली : भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व वित्त मन्त्री अरुण जेटलीको अन्तिम संस्कार आइतबार गरिनेछ ।
दिल्लीको निगमबोध घाटमा उनको अन्तिम संस्कार गरिने भएको हो । एम्स अस्पताला शनिबार मध्यान्ह उनको निधन भएको हो । जेटलीको पार्थिव शरिरलाई श्रद्धान्जलिका लागि कैलाश कोलोनी स्थित उनको निवासमा राखिएको छ । आइतबार बिहान १० बजेपछि उनको पार्थिव शरिरलाइ निवासबाट पार्टीको मुख्यालयमा राखिने भाजपाका कार्यकारी अध्यक्ष जे.पी नड्डाले जानकारी गराए ।
त्यहाँबाट निगमबोध घाटमा पुरयाएर उनको अन्तिम संस्कार गरिनेछ । प्रधानमन्त्री मोदीका तर्फबाट केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षवद्र्धनले उनलाई अन्तिम श्रद्धान्जलि दिएका छन् । पाँच दिवसिय भ्रमणमा क्रममा मोदी अहिले दुवइ पुगेका छन् । उनी सोमबार मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
३