आचार्य बालकृष्ण अस्पतालबाट डिस्चार्ज

आचार्य बालकृष्ण अस्पतालबाट डिस्चार्ज

नयाँ दिल्ली : पतञ्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्ण अस्पतालबाट डिस्चार्ज भएका छन्। योग गुरु बाबा रामदेवले ट्‍विट गरेर आचार्य बालकृष्ण पूर्ण रुपमा स्वस्थ्य रहेको बताएका छन्।

आचार्य शुक्रबारदेखि ऋषिकेशको एम्स अस्पतालमा भर्ना थिए। रिंगटा लागेर अचानक बेहोस भएपछि बालकृष्णलाइ अस्पताल पुर्‍याइएको थियो। उनलाई बेहोसीको हालतमा साँझ ४ बजेर ४५ मिनेटमा अस्पताल पुर्‍याइएको आचार्यलाई आइसीयूमा राखेर उपचार गरिएको थियो। अस्पताल पुर्‍याउँदा उनी कसैलाइ चिन्ने र बोल्न सक्ने अवस्थामा थिएनन्।

४७ वर्षीय आचार्यको अन्य जाँच र एमआरआईको रिपोर्ट सामान्य रहेको अस्पतालाका चिकित्सकले जानकारी दिएका थिए। उनलाई मुटु र मस्तिष्क सम्बन्धी कुनै समस्या नरहेको पनि अस्पतालले जारी गरेको मेडिकल रिपोर्टमा भनिएको पारेको थियो।

अस्पतालमा बाबा रामदेवले मिडियालाई दिएको जानकारी अनुसार आचार्यका एक भक्तले उनलाई प्रसादको रुपमा मिठाइ खान दिएको र खाएको १५ मिनेटमा रिंगटा लागेर बेहोस भएका थिए। पतञ्जली योगपीठका महामन्त्री तथा बाबा रामदेवका सहयोगी आचार्य हरिद्धारस्थित आफ्नै कार्यालयमा बेहोस भएका थिए।

नेपाली मूलका भारतीय बालकृष्णको नाम फोर्ब्र्सको भारतका अर्बपतिको सूचिमा पनि आइसकेको छ। उनी नेपालको स्याङ्गजामा जन्मेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.