रविसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

रविसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

चितवन  : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ।  प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । 

आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा मुद्दा दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ। 

आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै उपरीक्षक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको बताए । प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । 

प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाको सजायँ हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.