आयुर्वेद औषधालयमा अनियमितता : औषधिकै नक्कली बिल

आयुर्वेद औषधालयमा अनियमितता : औषधिकै नक्कली बिल

जनकपुरधाम : जनकपुरधाम अञ्चल आयुर्वेद औषधालयमा गत आर्थिक वर्षको औषधि र कार्यालय प्रयोजनको फर्निचर खरिदमा अनियमितता भएको पाइएको छ। समाजिक विकास मन्त्रालयद्वारा स्वास्थ्य निर्देशनालयमार्फत औषधालयलाई कार्यालय व्यवस्थापन र औषधि खरिदका लागि शसर्त अनुदान तीनपटक क्रमशः ५० लाख, ५ लाख ९२ हजार र ३ लाख ५९ हजार रकम उपलब्ध गराएको थियो।

उक्त रकमबाट फर्निचर, औषधि आवश्यक मेसिनरी उपकरण लगायतका सामग्री खरिद नगरी बजेट खर्च गरिएको पाइएको हो। फर्निचरका लागि ५ लाख, मेसिनरी उपकरणमा ५ लाख, प्रयोगशाला व्यवस्थापनका लागि ४ लाख ५० हजार, स्थास्थ्य जीवनशैलीका लागि ३ लाख, बिरामी बेडका लागि २ लाख, क्षारसुत्र व्यवस्थपनका लागि ३५ लाख र युएसजी मेसिनका लागि १९ लाख रकम निकासा भएको थियो। निकासा भएको रकम औषधालयले खरिद नै नगरी बजेट सिध्याएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा जनकपुरधाम उप–महानगरपालिकाको मातहतमा रहेको आयुर्वेद औषधालयमा छुट््याइएको कार्यालय सञ्चालन र व्यवस्थापनको २ लाख ५६ हजार रुपैयाँ कार्यालय प्रमुख सिमा झाले नक्कली बिल बनाएर खर्च देखाएको पाइएको छ। त्यसवर्ष कुनै पनि सामग्री खरिद गरिएको छैन। फर्निचर खरिद शीर्षकमा क्रमशः ९९ हजार ४ सय ४० र ४० हजार रकम निकासा भएको थियो। तर कार्यालयमा उक्त रकमको कुनै पनि फर्निचर नआएको कर्मचारी बताउँछन्। स्थानीइ जय माँ लक्ष्मी फर्निचर उद्योगबाट सामग्री खरिद गरेको बिल पेस गरे पनि कार्यालयमा बिल अनुसारका सामग्री छैनन्।

यस्तै गत आर्थिक वर्षमा पनि मन्त्रालयले फर्निचर खरिदका लागि उपलब्ध गराएको ५ लाख रकममबाट दुईवटा सोफा खरिद गरिएको छ। प्राकृतिक जडिबुटी औषधि उपभोगलाई बिलको भुक्तानी स्वरुप ४९ हजार ९ सय २० रुपैयाँ भुक्तानी दिइएको छ। तर कार्यालयले खर्च गरेको बजेट अनुसारले कार्यालयमा समानहरु छैनन्।

पतिकै फार्मेसीबाट औषधि खरिद

आयुर्वेद औषधालयका लागि आवश्यक सबै औषधि एउटै फार्मेसीबाट खरिद गरिएको पाइएको छ। औषधालयका प्रमुख डा. सिमा झाका पति सरोज राय यादवले सञ्चालन गरेको फार्मेसीबाट नै सबै औषिध खरिद गरिएको छ। डा. झाले आफ्ना पतिलाई नै औषधि खरिदको लागि कोटेशन दिएको कार्यालयका एक कर्मचारीले बताए। जनकपुरधाम–४ स्थित राहत आयुर्वेद फार्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयमा प्रमाण राखिए पनि उक्त पसल भने कतै भेटिएको छैन।

कार्यालयको कागजातमा भने विभिन्न समयमा हुँदै नभएको राहत फार्माबाट औषधि खरिद गरेको उल्लेख छ। तर, विभिन्न मितिमा त्यही फर्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयले उपलब्ध गराएको कागजातमा उल्लेख छ। राहत आयुर्वेद फर्माको नाममा असार २४ गते क्रमशः एक लाख २४ हजार ८ सय, एक लाख ६९ हजार ९ सय २० रुपैयाँको औषधि खरिदको बिलको भुक्तानी दिइएको छ। यस्तै असार २५ गते नै ९० हजार ४५ रुपैयाँको औषधि खरिद गरिएको उल्लेख छ।

यस्तै उपमहानगरपालिकाको स्वास्थ्य विभागले उपलब्ध गराएको गाउँघर क्लिनिकको एक लाख ५० हजार रुपैयाँ भत्तावापत कार्यालय प्रमुखको मिलोमतोमा हिनामिना भएको कार्यालयका कर्मचारी बताउँछन्। उक्त कार्यक्रमका लागि गाउँमा गएर क्लिनिक सञ्चालन गरेका कर्मचारीले हालसम्म उक्त भत्ता पाउन सकेका छैनन्। कर्मचारीले नपाए पनि उपमहानगरपालिकाबाट भने रकम निकासा भइसकेको छ।

यता कार्यालय प्रमुख झाले भने कार्यालयमा सबै नियमसंगत काम भएकोले कुनै अनियमितता नभइएको दाबी गरिन्। ‘कार्यालयमा आर्थिक कारोबारको कुनै फाइल छैन’ झाले भनिन्, ‘सबै फाइल अडिटका लागि प्रदेश कोष लेखा नियन्त्रण कार्यालयमा पठाइएको छ।’ प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख विनोद गेलालले हालसम्म औषधालयको कुनै पनि कागजात कार्यालयमा नआएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.