बहर बिक्रीमा जोड

बहर बिक्रीमा जोड

गौर : रौतहटको वृन्दावन नगरपालिकास्थित बलेरी गाउँका किसानले गाईका बहर बिक्रीमा जोड दिएका छन्। दूध बिक्रीभन्दा यसबाट फाइदा हुने किसानको भनाइ छ। गाईचाहिँ बूढी भएपछि कतिपयले जंगलमा छाड्ने गरेका छन्। केहीले भने जति मूल्य आउँछ त्यत्तिमै बिक्री गर्ने गरेका छन्।

वि श्रामपुर, रमौली, माधोपुर, समनपुरलगायत ठाउँका किसानले बलेरीमा ३ हजारभन्दा बढी गाई पालेका छन्। समनपुरका हरिराय यादव एक्लैसँग मात्र ३ सय गाई छन्। उनले गत वर्ष ५५ वटा बहर बिक्री गरे। ३० देखि ५० हजारसम्ममा एउटा बहर बिक्री हुने उनले सुनाए।

यो गाउँ वृन्दावन जंगल र बागमती नदी किनारमा छ। पानी र चरण क्षेत्रको समस्या नभएकाले बलेरीका ५० जनाभन्दा बढी किसानले व्यावसायिक रूपमै गाईपालन गर्दै आएका छन्। अर्का स्थानीय हुलास राय यादवले २ सय ५० वटा गाई पालेका छन्। बाच्छालाई दूध खुवाएर बलियो बनाउने र महँगोमा बिक्री गर्ने गरेको उनको भनाइ छ।

७३ वर्षीय सत्यनारायण यादवले ५० वर्षदेखि गाई पाल्दै आएका छन्। ‘दूधभन्दा बहर बिक्री गर्दा आम्दानी बढी हुन्छ’, उनले भने, ‘बहर बाहिरका व्यापारीले लैजान्छन्।’

बहरलाई जोत्ने र गाडा तान्ने बनाउँदा हलको १ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ। गाउँबाट एक वर्षमा २ सयभन्दा बढी बहर बिक्री हुने गरेको उनको भनाइ छ।

स्थानीयभन्दा जर्सी गाईमा किसानले जोड दिएका छन्। चन्द्रपुरका एक किसानका अनुसार बढीमा गाई ८ बेत ब्याउँछ। त्यो गाई किन्न व्यापारी आउँछन्। बूढी गाई पालेर राख्नुभन्दा जति पैसा आउँछ त्यत्तिमै बिक्री गर्नु फाइदा हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.