माडी खोलामा जिप खस्दा चालकको मृत्यु
![माडी खोलामा जिप खस्दा चालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/jip-jeep-accident_20181128051203_poNhSagDZp.jpg)
रोल्पा : रोल्पाको माडी खोलामा जिप खस्दा चालकको मृत्यु भएको छ। शुक्रबार बेलुका रोल्पा नगरपालिका–७ भलामा नजिकैको सडकबाट भे १ ज ४६५६ नम्बरको जिप खसेको हो।
जिप सडकबाट २ सय मिटर तल खोलामा खसेको छ। दुर्घटना लगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए। वर्षात्को खोला ठूलो भएकाले जिप भित्र अन्य मानिस भए, नभएको एकिन गर्न कठिनाई भएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालित गरिएको छ। हिमताल यातायात समितिको जिप चालकले आफ्नै पत्नीलाई माईत छोड्न निमृ पुर्याएर सदरमुकाम लिबाङ फर्कदै गर्दा दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)