१० हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ

१० हजार घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ

सिन्धुली : अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई १० हजार रुपैयाँ नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौंको टोलीले रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो । माझीले काठमाडौंबाट  सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई साँझ ७ बजेपछि सिन्धुली सदरमुकाम आउन रोक्ने र पैसा दिएपछि मात्र आउन दिने गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीसँग उक्त रुपैयाँ लिइसकेको अवस्थामा शनिबार राति पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाए। 

उनलाई उनकै कार्यकक्षबाट रंगेहात रकमसहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको कोइरालाले जनाए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.