सकियो बझाङको विर्सती मेला
बझाङ : ऐतिहासिक धार्मिक विर्सती मेला सम्पन्न भएको छ। हरेक वर्ष भदौ २० गते लाग्ने यो मेलामा दुर्गादेवीको पूजा गर्नुका साथै डेउडा खेल, भलिवल प्रतियोगिता नाचगान गरेर मनाइन्छ।
यो वर्ष पनि २० गते रातिबाट ३ दिनसम्म मेला चलेको थियो। मेलामा रेखा जोशी, उमाशंकर जोशी लगायतका कलाकारले डेउडा गाएका थिए। मेलामा प्रतिनिधिसभा सदस्य भैरव बहादुर सिंहबाट उद्घाटन गरिएको थियो।
जिल्लाको दुर्गाथली गाँउपालिका र छविसपाथी भेरागाँउपालिकाको बिच केन्द्र बिसौना चौरमा यो मेला लाग्ने गरेको छ। देवीदुर्गाको मन्दिर भएको स्थान थलीको जिउलोमा अहिलेसम्म पनि खाली छुट्टा मेला जाने प्रचलन छ। थली जिउलोको एक छेउबाटै भत्तजनहरु खाली खुट्टा हिडेर मन्दिर जाने प्रचलन छ।
प्रतिक्रिया दिनुहोस !