झापाका दुई ठाउँमा बम विस्फोट

झापाका दुई ठाउँमा बम विस्फोट

दमक : आइतबार राति अज्ञात समूहले झापाका दुई ठाउँमा विस्फोट गराएको छ । झापाको गौरादह नगरपलिकाको गाडीमा र चारपानेस्थित सहारा साकोसको निर्माणधीन भवनमा विस्फोट गराइएको हो । 

गौरादह नगरपालिकाको माताहातमा रहेको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा आइतबार राति करिब १२.३० बजे बम विस्फोट भएको गौरादह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिए । गाडी आवश्यकता अनुसार अधिकृत मिश्रसहित अन्य कर्मचारीहरूले समेत प्रयोग गर्दै आएका थिए ।  

क्वार्टर छेउमा पार्किङ गरी राखेको गाडीमा विस्फोट भएको र गाडी पूर्णरूपले क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए। मध्यरातमा ठूलो आवाजकासाथ विस्फोट हँुदा गाउलेहरू त्रसित भएका थिए । मिश्र गौरादह–३ धोबिनिया इन्द्र कटुवालको घरमा बस्दै आएका थिए । विस्फोटबाट कटुवालको घरमा पनि क्षति पुगेको छ।

विस्फोटमा परेको गाडीकोमुनि ठूलो खाल्डो रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।     

त्यस्तै बिर्तामोड–२ चारपानेस्थित सहारा साकोसको निर्माणाधीन भवनमा समेत विस्फोट गराइएको छ । विस्फोटबाट भवनका सिसाहरु चर्किएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र विस्फोट कसले गराएको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.