क्याराभान थिन्ले पदयात्रा राख्‍न फोक्सुण्डोमा साइकल र्‍याली (तस्बिर)

क्याराभान थिन्ले पदयात्रा राख्‍न फोक्सुण्डोमा साइकल र्‍याली (तस्बिर)

डोल्पा : नेपालकै सबैभन्दा गहिरो र सुन्दर ताल फोक्सुण्डोमा साइकल र्‍याली हुने भएको छ । क्याराभान फिल्मका नायक थिन्ले लेण्दुप लामाको नाममा पदमार्ग राख्ने पहल गर्न पहिलो पटक साइकल  र्‍याली गर्न लागिएको हो। 

डोल्पाकै साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर)ले क्याराभान थिन्ले साइकल पदमार्ग राख्नुपर्ने भन्दै सरकारलाई दबाव दिन असोज २६ र २७ गते फोक्सुण्डो तालमा साइकल र्‍याली गर्न लागिएको बताए।

देशकै चर्चित साइकल यात्रीसहितको २० जना साइकल यात्रीको टोलीले पहिलो पटक फोक्सुण्डोमा साइकल र्‍याली गर्ने भएको हो । यसभन्दा पहिला पैदलमा एक पटक र रुकुमबाट एक पटक साइकल यात्रा गरिसकेको रामचन्द्र बस्नेत (भाष्कर)ले जानकारी दिए।

भिजिट २०२० मा पर्यटक भित्र्याउन सरकारलाई सहयोग गर्न र सबैले बिर्सन लागेका क्याराभान फिल्मका नायक थिन्ले लेण्दुप लामाको नाम फेरि एक पटक विश्वसामु चिनाउन फोक्सुण्डोमा साइकल यात्रा गर्न लागेको बस्नेतले दावी गरे। 

२०७३ साल वैशाख १२ गते फोक्सुण्डोकै पदयात्रामा क्याराभान नायक थिन्लेको घोडाबाट लडेर निधन भएको थियो । थिन्लेकै नामबाट फोक्सुण्डोको पदयात्रामा क्याराभान थिन्ले साइक्लिङ पदयात्रा नामांकरण गर्न सके डोल्पामा पर्यटकको संख्या बढ्ने साइकल यात्री निष्मा श्रेष्ठले बताइन् । 

क्याराभान फिल्मको सबैभन्दा राम्रो निर्देशन देख्न पाइने फोक्सुण्डो तालमा याक खसाएको क्षेत्रमा नै थिन्लेकै नाममा पदमार्ग नामांकरण गरी साइकल यात्रा गराउन पाए स्वदेशी मात्रै हैन विदेशी पर्यटक समेतको आकर्षण बढ्ने अर्का साइकल यात्री मनोजले जानकारी दिए ।
 
फ्रान्ससेली नागरिक यरिक भ्यालीले निर्देशन गरेर बनाएको माथिल्लो डोल्पाको जनजीवनसँग जोडिएको फिल्म क्याराभान ओस्कार जित्न सफल चलचित्र हो । क्याराभानका नायक थिन्लेको निधनपछि कसैले पनि सम्झन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.