ललितपुरमा अब स्मार्ट बत्ती

ललितपुरमा अब स्मार्ट बत्ती

ललितपुर : ललितपुर महानगरपालिकाले ६ महिनाअघि सडकमा स्मार्ट बत्ती राख्ने योजना ल्यायो। सडक अस्तव्यस्त रहेको अवस्थामा यस्तो कुरा ल्याएको भनेर मेयर चिरीबाबु महर्जनको आलोचना भयो। त्यसको परवाह नगरी उनले योजना अगाडि बढाएका छन्।

‘निर्वाचनका लागि मात्र ललितपुरलाई महानगरपालिका बनाइएको थियो’, उनले भने, ‘महानगरपालिकाजस्तो ठाउँमा एक जना पनि इलेक्ट्रोनिक इन्जिनियर पाइनँ।’ उनी योजना बोकेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्म पुगे। त्यसमा घिसिङले सहयोग गरेको उनले सुनाए। ‘उहाँले नै डिजाइन गर्नुभयो’, उनले भने, ‘टेन्डर निकाल्न पनि उहाँको सहयोग छ।’

करिब चार महिनाअघि टेन्डर खुलाइएको थियो। पहिलो पटक एक जनाको मात्रै टेन्डर पर्‍यो। दोस्रो पटक तीन प्रतिस्पर्धी आए। त्यो प्रक्रिया पनि रद्द गरी तेस्रो पटक टेन्डर निकालिएको थियो। भारतीय कम्पनी क्रम्प्टन इन्डिया लिमिटेडले साढे ७ करोडमा टेन्डर पारेको उनले बताए।

उक्त कम्पनीले ललितपुरका तीन सडकमा पहिलो चरणमा स्मार्ट बत्ती जडान गर्नेछ। पहिलो खण्डमा कुपन्डोल पुलबाट लगनखेल, त्यस्तै कुपन्डोल, नागबहाल, अशोकहल हुँदै भीमसेन मन्दिरको पछाडि र पुल्चोक, मंगलबजार, ग्वार्को हुँदै कर्मनाशा पुलसम्म योजनाले समेट्ने उनले सुनाए। ‘एउटा सडकमा काम सकाएपछि मात्रै अर्कोमा थाल्नेछौं’, उनले भने, ‘रकम पठाइसकेका छौं। अब केही दिनमै सुरु हुन्छ।’

स्मार्ट बत्ती एकदमै संवेदनशील हुन्छ। मान्छेको आवतजावत भएको बखत बत्ती आफैं बल्ने र निभ्ने गर्छ। चकमन्न रातमा पनि मान्छे चिन्न सकिन्छ। सवारी साधनको इम्बोस्ड नम्बर चिन्न सकिने जनाइएको छ। बत्तीसँगै सीसी क्यामेरा जडान गरिनेछ। जसका कारण सहरमा आपराधिक क्रियाकलाप घट्ने महर्जनको अनुमान छ।

यस्ता योजना बनाउँदा सार्वजनिक खरिद ऐन २०६३ बाधक बनेको उनको अनुभव छ। ऐनबमोजिम सबैभन्दा खराब ठेकेदारले टेन्डर पार्ने भएकाले समस्या हुँदै आएको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.