गाउँपालिकाको गाडीमा आगजनी
बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी भएको छ। पार्किङ गरेको से १ झ २७४ नम्बरको अफिसको जिपमा अज्ञात समूहले आगजानी गरेको गाउँपालिका अध्यक्ष प्रेम बोहराले जानकारी दिए।
आगजनीबाट जिपको अगाडिको भाग पूरै जलेको छ। प्रहरीले अनुसन्धानका लागि स्थानीय युवा अमर महरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको संलग्नता रहेको आशंका प्रहरीको छ।
प्रतिक्रिया दिनुहोस !